
देशभर पाँच लाख १६ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै
- चैत्र १५, २०७९ मा प्रकाशित
इटहरी । शुक्रबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।
पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।
यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठले जानकारी दिएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको नियन्त्रक श्रेष्ठले बताए । उनले भने, ‘उत्तरपुस्तिका हरेक परीक्षा केन्द्रमा पुगेको छ, प्रश्नपत्र केन्द्रको नजिक रहेको सुरक्षा केन्द्रमा पुगेको छ ।’
पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा ४३४ परीक्षा केन्द्र र एक लाख ६ हजार ९५९ विद्यार्थी छन् । सबैभन्दा कम रहेको कर्णालीमा १७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार ३२९ रहेको बोर्डले जनाएको छ ।
त्यसैगरी, कोसी प्रदेशमा ३७८, मधेसमा २७९, गण्डकीमा २२३, लुम्बिनीमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र तय गरिएको छ । अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments