अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिए
- चैत्र ७, २०७९ मा प्रकाशित
सांकेतिक तस्वीर
जुम्ला । जुम्लामा उपचारका लागि अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका एक बिरामी खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तातोपानी गाउँपालिका–५ लाम्रा घर भएका ७० वर्षीय लालु नेपाली दमको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए । लालु प्रतिष्ठानको कार्यालय अगाडि रहेको जुगार्ड खोलामा मृत फेला परेका प्रहरीले जनाएको छ । लालु उपचारको लागि चैत ४ गते प्रतिष्ठानमा आएका थिए ।
बिरामी लालुको कुरुवा उनकी बुहारी दुरपति नेपालीले गरेकी थिइन् । बिरामी लालु चैत ५ गते राति करिब १२ बजेको समयमा प्रतिष्ठानबाट बाहिर निस्केका थिए । तर, बिरामी कुरुवा बुहारी दुरपतीले खोज्दा राति नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
उक्त दिनको राति नै प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भए पनि प्रहरीले सोमबार बिहान मात्रै खोज्दै गर्दा खोलामा लालु मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा तीन जना प्रहरी खटिएर बिरामी लालुलाई खोजेका थिए ।
यता आफन्तले अस्पतालमा भर्ना भएका बिरामी खोलामा मृत भेटिनुमा अस्पताल प्रशासनको गम्भीर लापरबाही भएको अरोप लगाएका छन् । आफन्तहरूले उक्त वर्डामा खटिएका स्वास्थ्यकर्मी तथा प्रतिष्ठानको मुल गेटमा खटिएका सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments