
खाेटाङमा चन्दा संकलन गरेर दाहाल प्रतिष्ठानको भवन निर्माण
- फाल्गुन २९, २०७९ मा प्रकाशित
खोटाङ । खोटाङका दाहाल समयुदायले चन्दा संकलन गरेर प्रतिष्ठानको कार्यालय भवन निर्माण गरेका छन् । देश तथा विदेशमा रहेका दाहाल समुदायका दाताबाट संकलन गरिएको रु २४ लाख चार सय ४२ खर्चमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित गैरीगाउँमा प्रतिष्ठानको पक्की कार्यालय भवन निर्माण गरिएको हो ।
सोल्माका स्थानीय रामबहादुर दाहालले निःशुल्क उपलब्ध गराएका छन् आना जग्गामा दाहाल प्रतिष्ठानको कार्यालय भवन निर्माण गरिएको दाहाल प्रतिष्ठान खोटाङका अध्यक्ष मीनकुमार दाहालले बताए । प्रतिष्ठानको कार्यालय भवन विसं २०७७ फागुन २३ गते शिलान्यास गरिएको थियो ।
कार्यालय भवन निर्माणका लागि जिल्ला तथा जिल्लाबाहिर विभिन्न स्थानमा बसोबास गर्दै आएका दुई सय ७१ दाहाल बन्धुबाट रु २६ लाख ४८ हजार नौ सय ७२ रकम संकलन भएको जनाइएको छ । भवन निर्माणका लागि रु सयदेखि रु एक लाख ११ हजार एक सय ११ सम्म सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
दाहाल प्रतिष्ठान शाखा खोटाङको पहलमा निर्माण गरिएको भवन प्रतिष्ठानका केन्द्रीय सदस्य सीताराम दाहालले शनिबार औपचारिक रुपमा उद्घाटन गरे । कार्यालय भवन उद्घाटनका क्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दातालाई सम्मानसमेत गरेको छ ।प्रतिष्ठानको तीनतले भवन निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट नक्सा पास भइसकेको समितिका सचिव लीलाबहादुर दाहालले बताए ।
प्रतिष्ठानले संकलित रकमबाट सभाहल, पदाधिकारी कक्ष र अतिथि गृह रहनेगरी कार्यालय भवन निर्माणको काम सुरु गरेको हो । भवन निर्माण गरेर बाँकी रहेको रु दुई लाख ४८ हजार पाँच सय ३० रकम कार्यालय व्यवस्थापनमा खर्च गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कार्यालय भवनसम्म आवातजावतका लागि वडा कार्यालयको आर्थिक सहयोगमा कच्ची सडक समेत निर्माण गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments