
नेपाली बजारमा सुनको मूल्य आज ५०० रुपैयाँ प्रतितोलाले घट्यो
- फाल्गुन २५, २०७९ मा प्रकाशित
काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारदेखि निरन्तर सुनको मूल्य घटिरहेको छ । नेपाली बजारमा सुनको मूल्य आज ५०० रुपैयाँ प्रतितोलाले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ थियो ।
यस्तै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । उक्त दिन ३०० ले घटेर सुनको कारोबार सुरु भएको थियो । त्यसयता २ दिनमा गरी सुनको मूल्यमा कूल १५ सय रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, पल्लो समय चाँदीको मूल्य समेत घटिरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम छ । हिजो बुधबार यसको मूल्य तोलामा १ हजार २२५ रुपैयाँ कायम थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments