•  १६ कार्तिक २०८१, शुक्रबार
  •  5:17:06 PM

विराटनगरमा पूर्व डिआइजी भक्ति माझीको कार दुर्घटना

- फाल्गुन २१, २०७९ मा प्रकाशित



विराटनगर । नेपाल प्रहरीका पूर्व डिआइजी भक्ति माझीको सवारी साधन दुर्घटनामा परेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् ।

पूर्वबाट पश्चिम पुष्पलाल चोक तिर आउने क्रममा कारको टायर पम्चर हुँदा अनियन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।माझीले चलाएको कारमा भीम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर