
इलामको चिया चीनमा सर्वोत्कृष्ट , नेपाली चिया चिनतर्फ निर्यात गर्न पहल थाल्नु सुझाव
- फाल्गुन १९, २०७९ मा प्रकाशित

इलाम । इलामको ‘ब्ल्याक टी’ चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा सर्वोत्कृष्ट घोषित भएको छ । नेपालसहित, चीन, भारत, श्रीलंका र केन्यालगायत अन्य देशहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ को नमूना सर्वोत्कृष्ट घोषित भएको हो ।उक्त नमूना इलामस्थित ‘तीनजुरे चिया उत्पादक सहकारी संस्था’ ले उत्पादन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए ।
उनले नेपालकै अन्य पाँच वटा ‘ब्ल्याक टी’ का नमूनाले स्वर्ण पदक र चार वटा नमूनाले रजत पदक जितेको बताए । ‘हामीले १६ वटा ’ब्ल्याक टी’ का नमूनाहरू प्रतियोगिताका लागि चीन पठाएका थियौं । तीमध्ये १० वटाले ऐतिहासिक पदक जित्यो,’ निर्देशक खनालले भने, ‘एउटा त प्रतियोगिताकै सर्वोत्कृष्ट भयो । बाँकी ५ वटाले स्वर्ण र चार वटाले रजत पदक जित्यो ।’
पछिल्लो समय चीनले नेपाली चिया आयात गर्नेबारे चासो देखाएसँगै नेपालले गत भदौ २३ गते अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १६ वटा ‘ब्ल्याक टी’ का नमूना चीन पठाएको थियो । निर्देशक खनालले चीन, भारत, श्रीलंका र केन्या चियाका लागि विश्वमै ख्याति कमाएको देश भएकाले यो नेपालका लागि ऐतिहासिक उपलब्धि रहेको बताए ।
‘चीन र भारत भनेको चियाको बादशाह हो । श्रीलंकाको चिया पनि विश्वमै राम्रो मानिन्छ । त्यसैले नेपालले पाएको यो उपलब्धि ऐतिहासिक हो,’ उनले भने, ‘यो उपलब्धिले अब चिनियाँहरूमा नेपाली चिया पनि गुणस्तरको हिसाबले विश्वकै अब्बल रहेछ भन्ने विश्वास वृद्धि गराउँछ । जसले गर्दा अब चीनलाई नेपाली चिया आयात गर्न धेरै संकोच नहुने भयो ।’ साथै यो उपलब्धिले नेपाली चिया चीनमा निर्यात गर्ने प्रक्रियालाई छिटो सम्पन्न गराउन थप बल प्रदान गर्ने उल्लेख गर्दै निर्देशक खनालले अब त्यसका लागि दुई देशका सरकारले कुरा अगाडि बढाउन सक्ने बताए ।
उनले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यसअघिदेखि नै चीनमा नेपाली चिया निर्यात गर्ने विषयमा प्रक्रिया अगाडि बढाएको बताउँदै अब भने वाणिज्य र परराष्ट्र मन्त्रालयले पहलकदमी लिनुपर्ने जनाए । निर्देशक खनालले तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणमा नेपालले चीनसमक्ष नेपाली चिया आयात गर्नका लागि कुरा राखेको थियो । सोही क्रममा चीनले पनि नेपाली चिया आयात गर्ने वचन दिएपछि नेपालबाट पहिलोपटक चियाका नमूना प्रतियोगिताका लागि पठाइएको थियो ।
पछिल्ला समय भारतबाट नेपाली चिया आयात गर्ने कुरामा तारन्तार समस्या आउन थालेपछि नेपालले चिया निर्यात गर्नका लागि वैकल्पिक बजार खोज्न सुरू गरेको हो । सोही क्रममा भारतपछि चीन राम्रो विकल्प हुनसक्ने ठहर गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा नेपाली चिया निर्यात गर्न पहलकदमी सुरू गरेको थियो ।
‘पछिल्ला दिनमा भारतबाट नेपाली चियामा जे–जस्ता अवरोधहरू सिर्जना भए, त्यसले पनि वैकल्पिक बजार खोज्नुपर्छ भन्ने बाध्य बनायो । साथै परराष्ट्रमन्त्रीको भ्रमणमा चीनले नेपाली चिया मन पराएको भन्ने सुखद सन्देश प्राप्त ग¥यौं । सोही आधारमा अहिले चीनसँग कसरी सहज तरिकाबाट नेपाली चिया निर्यात गर्न सकिन्छ भनेर काम गरिरहेका छौं,’ निर्देशक खनालले भने ।
निर्देशक खनालका अनुसार प्रत्येक वर्ष भारतबाट नेपाली चियामा अवरोध हुँदै आएको छ । उनले हरेक वर्ष नै काँकडभिट्टा नाकामा नेपाली चिया रोकिने दृष्टान्त उल्लेख गर्दै भारतले नै नेपाली चिया रोक्न खोजेकोजस्तो देखिएको जनाए । तर एउटा कुरा के हो भने यदि नेपालले चीनमा चिया निर्यात गर्न सके त्यसको फाइदा ७ गुणा बढी हुने खनाल बताउँछन् ।
यसबारे थप प्रस्ट्याउँदै निर्देशक खनाल भन्छन्, ‘हामीले भारतलाई प्रति केजी ५ सय ३५ रुपैयाँमा बेचेको त्यही चिया चीनलाई बेच्यौं भने प्रति केजी ३५ सयदेखि ४ हजारसम्म बिक्री हुन्छ । चीनसँग भएका अनौपचारिक कुराकानीमा पनि यही कुरा भएको छ ।’ त्यसैले अहिले नेपालको ‘ब्ल्याक टी’ ले जुन उपलब्धि हासिल गरेको छ त्यसको महत्वलाई बुझेर नेपाली चिया चीनमा सक्दो छिटो निर्यात गर्न सरकारीस्तरबाटै पहलकदमी सुरू हुनुपर्ने निर्देशक खनालको जोड छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments