•  ९ मंसिर २०८१, आईतवार
  •  6:16:06 AM

काेशी प्रदेशका प्रहरीलाइ डीआइजी ज्ञवालीकाे निर्देशन : अपराध अनुशन्धानमा कटिवद्ध रहनु

- फाल्गुन १९, २०७९ मा प्रकाशित



इटहरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको छ ।

जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा शान्ति सुरक्षाको अवस्थालाई थप चुस्तदुरुस्त बनाउन प्रदेश प्रहरी प्रमुख ज्ञवालीले जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन दिनु भएको हो ।

भिडियो कन्फरेन्समा जिल्ला प्रहरी प्रमुखहरुले समेत आ(आफ्नो जिल्लाको समग्र गतिविधि तथा बस्तुस्थितिका बारेमा प्रदेश प्रहरी प्रमुख ज्ञवालीलाई जानकारी गराउनु भएको थियो ।

Comments

सम्बन्धित खवर