माेरङमा तरकारीको उत्पादनसँगै भाउ पनि घट्यो
- फाल्गुन १८, २०७९ मा प्रकाशित
मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन् ।
अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन् । अघिल्लो साल प्रति किलो रु ६० सम्ममा बिक्री भएको सिमीको यो साल भने २० रुपैयाँ पाउन पनि गाह्रो भएको स्थानीय कृषक डम्बरकुमारी कार्की बताउँछिन् ।
उपयुक्त वातावरण, भिरालो जमिन खकुलो माटो भएका कारण यस क्षेत्रमा नगदेबाली लगाउनेको संख्या बढ्दो छ । सिँचाइको पर्याप्त सुविधा भएका कारण यस क्षेत्रका युवाले सामूहिक खेती गर्दै आएका हुन् । तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै आइएकामा घ्यूसिमीले भाउ नपाएका कारण घाटा भएको उनीहरुको भनाइ छ ।
नगरपालिकाले टमाटर र सिमी खेतीलाई पहिलो प्राथमिकतामा राखेको छ । लेटाङमा रहेका पाँच वटा कृषि सहकारी र १० वटा कृषक समूहले सामूहिक टमाटर खेती गर्दै आएका छन् । वार्षिक रु १०÷१० करोड माथिको टमाटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यो वर्ष आधा पनि उत्पादन गर्न सकेको छैन । टमाटर र सिमी उत्पादन घटनाका साथै भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको लेटाङ–८स्थित उन्नत कृषि सहकारीका अध्यक्ष दाताराम घिमिरे बताउँछन् ।
समयमै बीउ मल र बजार नपाउँदा किसान चिन्तित बन्दै गएका छन् । त्यसमा पनि भारतीय सब्जीका कारण नेपाली सब्जीले बजार नपाएको कृषकको गुनासो छ । समयमै मल बीउ, आकाशे पानी उपलब्ध भए पनि बजार नपाइएको कृषक नगेन्द्र लिम्बू बताउँछन् ।
उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठूला सहर काठमाडौँ र पोखरामा माग बढी हुने गरेको छ । जाँतेमा करिब पाँच सय हेक्टर जमिनमा एक हजार पाँच सय हाराहारी कृषकले टमाटर खेती गर्दै आएका छन् । समूह र सामूहिक खेती गर्नेलाई नगरले अनुदान पनि दिँदै आएको लेटाङ कृषि शाखाका प्रमुख करण श्रेष्ठ बताउँछन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments