
मोरङमा मोटर साइकल दुर्घटनामा दुई जनाको मृत्यु : मृतककाे पहिचान नखुल्दा समस्या
- फाल्गुन १६, २०७९ मा प्रकाशित
इटहरी । मोरङमा मोटर साइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।बा ६३ प १२२७ नम्बरको मोटर साइकलमा सवार भएका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।कोसी राजमार्गअन्तर्गत बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो ।
दुवैलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। चालकलाई अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए भने अर्का घाइतेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तिलक कार्कीले बताए । मोटर साइकलधनी पत्ता लगाएपछि मात्रै उनीहरूको पहिचान खुल्ने प्रवक्ता कार्कीले बताए

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments