•  ८ मंसिर २०८१, शनिबार
  •  5:18:40 AM

संखुवासभाकाे खादवारीमा प्रदेश १ स्तरीय बौद्ध सम्मेलन सम्पन्न

- फाल्गुन १५, २०७९ मा प्रकाशित



संखुवासभा । लुम्बिनी बौद्ध विश्वविद्यालय र जिल्ला समन्वय समिति संखुवासभाको संयुक्त आयोजनामा गरिएको प्रदेश १ स्तरीय बौद्ध सम्मेलन आइतबार सम्पन्न भएको छ । संखुवासभा सदरमुकाम खाँदबारीमा शनिबारबाट सुरु भएको प्रदेश१ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको हो ।हिमाली बौद्ध दर्शन, सम्पदा र संस्कृति सम्मेलन खाँदबारी घोषण पत्र जारी गर्दे प्रदेश १ स्तरीय बौद्ध सम्मेलन सम्पन्न भएको छ । 

सम्मेलनमा विभिन्न १६ विषयका कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा बौद्ध दर्शन, मृर्त तथा अमृर्त सम्पदा,संस्कृति, बौद्धधर्म सम्बन्धी शिक्षा,स्तुपा,बुद्ध धर्म र संखुवासभा जिल्लाका बौद्ध धर्म सम्मद्ध गुठी गुम्बा लगायतका विषयहरुको समावेश गरिएको छ ।

यस जिल्लालाई बौद्ध अनुसन्धान केन्द्रको रुपमा विकास गर्न खाँदबारीमा बौद्ध अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न सहमत हुँदै खाँदबारी घोषण पत्र जारी गरेको लुम्विनी विश्वविद्यालका उपकुलपति तिलकराज आचार्य जानकारी दिए । प्रदेश स्तरीय अनुसन्धान केन्द्र र बौद्ध संग्रहालय निर्माण गर्ने उद्देश्यले गरिएको दुई दिने सम्मेलन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा माथिल्लो अरुण याङ्गुठी गुम्बाको कार्यपत्र डाक्टर मात्रिका तिम्सिना,सुमन्तराज न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

माघे सङ्क्रान्ति पूर्वदेखि पश्चिमसम्म संस्कृति,तामाङ जातिको गितसँग बौद्ध धर्मको सम्बन्ध,ताप्लेजुङमा बौद्धल धर्म तथा संस्कति र गुम्बाहरुको अवस्था, भोजपुरमा थेरवादी बुद्ध धर्मको प्रारम्भ,बरुण उपत्यका र छेयलेम्बुको अध्यात्मिक इतिहासमा शेर्पा गोठालाहरुको संस्कृति लगायतका विषयको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

Comments

सम्बन्धित खवर