
व्यवसायिक बन्दै ओखलढुंगाका बाख्रापालक किसान
- फाल्गुन १०, २०७९ मा प्रकाशित
ओखलढुंगा । ओखलढुंगाका किसान व्यवसायिक बाख्रापालनमा जुटेका छन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) बाट आर्थिक तथा प्राविधिक सहयोग पाएपछि बाख्रापालनतर्फ किसानहरु लागेका हुन् । जिल्लाका केही किसानले फर्म नै सञ्चालन गरेर व्यवसायिक बाटो समाएका छन् ।
सिद्धिचरण नगरपालिका वडा नं १० बेतिनीमा रहेको नमुना बाख्रापालन समूहमा आबद्ध २ जना किसानले फर्म सञ्चालन गर्न सफल भएका हुन् । स्थानीय रमेशकुमार धमलालेःहालै समृद्धि बाख्रा फर्म र बुद्धिकादेवी धमलाले आइतबारे बाख्रा फर्म सञ्चालनमा ल्याएका छन् । दुवै फर्म सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले उद्घाटन गरेका थिए ।
समृद्धि आयोजनाले ३५ हप्तासम्म समूहमा सञ्चालन गर्ने वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमबाट अभिप्रेरित भएर फर्म सञ्चालन गर्न सफल भएको आइतबारे बाख्रा फार्मकी सञ्चालक बुद्धीकादेवी धमलाले बताइन् ।यहाँको किसान समूहमा समृद्धि आयोजना लागु भएपछि अन्य आधा दर्जन समूह सदस्यले समेत व्यवसायिक फर्म सुरु गर्ने तरखरमा रहेको समूहका अध्यक्ष घनश्याम बाँस्तोलाले जानकारी दिए । समृद्धि आयोजना जिल्लाका ११ वटा समूहमा लागु छ ।
समृद्धि लागु भएका समूहका किसान व्यवसायिक बाख्रापालनतर्फ जुट्दै आएका छन् । विगत २ वर्ष अवधिमा समूहमा दोब्बर संख्यामा बाख्रा वृद्धि भएको नमुना बाख्रापालन कृषक समूहका सचिव ज्ञाननारायण श्रेष्ठले बताउनुभयो । समृद्धि आयोजना लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिँदै गएको छ । समृद्धिले किसान समूहमा नश्ल सुधार, खोर सुधार, घाँस खेती वित्तीय तथा प्राविधिक शिक्षा तालिम, बजार सञ्जाल विस्तारलगायतका क्षेत्रमा काम गरिरहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments