
८० लाख रुपैयाँको लागुऔषधसहित कुख्यात भारतीय कारोबारी समातिए
- फाल्गुन १०, २०७९ मा प्रकाशित
इटहरी । नेपाल भारत सीमावर्ती क्षेत्रका कुख्यात लागुऔषध कारोबारी पक्राउ परेका छन्। सीमावर्ती क्षेत्रका कुख्यात लागुऔषध कारोबारी चमकी भनेर चिनिने ३० वर्षीय चमकौर सिंहलाई भारतीय प्रहरीले समातेको हो।उनलाई महाकाली पारि नेपाल–भारत सीमावर्ती बजार बनबासाबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त सिंह मझोलाको बिडोराका स्थानीय बासिन्दा हुन।
उनको साथबाट ५० लाख भारु रुपैयाँ बराबरको २६० ग्राम लागूऔषध (स्म्याक) पनि बरामद गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी प्रमुख देबेन्द्र पिँचाले बताए।स्म्याक अफिमबाट तयार गरिने बहुमूल्य लागुऔषध हो।‘चम्पावत जिल्लामा एकै व्यक्तिबाट यति ठूलो परिमाणमा लागुऔषध बरामद भएको यो पहिलो घटना हो,’ उनले अभियुक्त सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म १५ मुद्दा दर्ता भएको खुलेको छ, अन्य ठाउँमा पनि मुद्दा हुनसक्छन्, यो संख्या बढ्न सक्छ।’
भारतीय प्रहरीका अनुसार नानकमता र बनबासा थानामा गरेर सिंह विरुद्ध लागुऔषध सम्बन्धी १५ मुद्दा रहेका छन्।सिंहको लागुऔषध गिरोहमा संलग्न अन्यको खोजी भइरहेको छ। ‘किच्छा र बरेली लागुऔषधको अड्डा छ भनेका छन्,’ चम्पावत प्रहरी प्रमुख पिंचाले भने, ‘हाम्रो निगरानी अब ती क्षेत्रमा हुन्छ।’सिंहले भारतको चम्पावतका तराइ क्षेत्रका साथै महाकाली वारि नेपालतर्फ पनि लागुऔषधको कारोबार गर्ने गरेको खुलेको छ। उनी बारेमा सूचना दिनेलाई बनबासा प्रहरीले ५ हजार र उत्तराखण्ड प्रहरीले १० हजारको इनाम समेत घोषणा गरेको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments