
हाेसियार धरान जादै हुनुहुन्छ ? यि क्षेत्रमा लागु भएका छन वान वे
- फाल्गुन ९, २०७९ मा प्रकाशित
धरान । धरानको बजार क्षेत्रमा सोमबारदेखि यातायातलाई वान वे (एकतर्फी) नियम लागु गरिएको छ ।
भानुचोकदेखि उत्तर लक्ष्मीचोकसम्म सवारीसाधनहरु एकतर्फी जान मात्र पाउनेछन् भने उत्तर पहाडी क्षेत्रबाट आएको सवारीसाधनहरु लक्ष्मीचोकदेखि पृथ्वीचोक, सिंहदेवी, माछाभौडी,देशीलाइन हँुदै मात्र भानुचोक आउन पाउनेछन् । वान वे शुरुवात गर्न मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतो, वडा नं २ का अध्यक्ष रमेश राई, वडा १ का अध्यक्ष यज्ञमणी आचार्यलगायत संयुक्तरुपमा फिल्डमा उत्रिएका थिए । यो टोली भानुचोकदेखि लक्ष्मीचोक पुगेर पृथ्वी चोक, पुरानो बजारको बाटो हुदै पुनः भानुचोकसम्म पुगेको थियो ।
मेयर साम्पाङले दुर्घटना र भिडभाड कम गर्ने उद्देश्यले वान वे शुरु गरिएको बताए । भानुचोक र बजार आसपासमा सवारीसाधनको अत्यधिक चाप भएर दुर्घटना हुने गरेको भन्दै उनले वान वे गर्दा शुरुवातमा केही असहज भएपनि सबैले साथ सहयोग गर्न आहवान पनि गरे । उनले विस्तारै अन्य क्षेत्रमा पनि सुधार गर्दै जाने बताएका थिए ।
उपमेयर अइन्द्रबिक्रम बेघाले सबै जना मिलेर लाग्दा वान वे सम्भव हुने र धरानलाई सुन्दर बनाउन सकिने बताए । वान वे अभियानलाई सबैले आफ्नो अभियान ठानेर सहयोग गर्न उनले पनि आग्रह गरे । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख महतोले धरानको भानुचोकमा यातायातका साधनहरु एकत्रित हुदा धेरै समस्या भएकोले भानुचोकबाट नै व्यवस्थापन जरुरी देखिएकोले शुरुवातमा वान वे गरिएको बताए । उनले कार्यदलले दिएको सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने पनि बताए । वडा नं २ का अध्यक्ष रमेश राईले पनि वान वे गर्न र अस्तब्यस्ततालाई सुधार गर्न सबैले साथ दिनुपर्ने बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments