
त्रिदेशीय क्रिकेट श्रृङ्खला : नेपाल आज च्याम्पियन स्कटल्याण्डसँग खेल्दै
- फाल्गुन ९, २०७९ मा प्रकाशित
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलामा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । यो खेल जितेमा नेपालले कीर्तिमानी बनाउने छ । नेपालले स्कटल्याण्डसँग यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । यसअघिको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले हराएको थियो ।
त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो । यो श्रृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ । श्रृङ्खला अन्तर्गत हिजोको खेलमा स्कटल्याण्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्याण्ड ३५ खेलमा ५० अंकसहित शीर्षस्थानमा छ ।लिग–२ को च्याम्पियन बनेको स्कटल्याण्डले आज नेपालको खेलपछि नै ट्रफी पाउने छ । लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ ।
दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुनेछन् ।लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अंक छ । अब नामिबियाका दुई खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अंक र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अंक छ ।
छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अंक छ ।नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अंक मात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अंक हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अंक हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय श्रृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments