
सडक मर्मत हुनेभएपछि इलाममा भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता हट्दै
- फाल्गुन ७, २०७९ मा प्रकाशित
इलाम । केही समय अघिसम्म भारतीय सीमा क्षेत्र पशुपतिनगरका बासिन्दालाई आफ्नै जिल्लाको अर्को गाउँ पुग्न भारतीय भू-भाग भएर जानुपर्ने बाध्यता अब हट्ने भएको छ ।इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरका बासिन्दा मानेभञ्ज्याङ जान र त्यहाँका बासिन्दा पशुपतिनगरतिर आउन वर्खामा निकै कठिन थियो । हिउँदमा पनि डेढ किलोमिटर दूरीको गाउँ पुग्न भारतीय भूभाग घुमेर गाडीमा जाँदा करिब २ घण्टा लाग्थ्यो । तर अब त्यो बाध्यता भने हट्ने भएको छ ।
पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण सुरु भएपछि स्थानीयलाई सहज हुने भएको हो । पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि आवतजावतमा सहज हुनेछ ।एक हजार दुई सय मिटरको यो सडक ढलान हुँदै गरेको डिभिजन सडक कार्यालयका कार्यालयका इञ्जिनियर सञ्जय गौतमले बताउनुभयो । उहाँका अनुसार कालोपत्रेसम्मको काम रू तीन करोड ७१ लाखमा ठेक्का लागेको छ ।
“नेपाल–भारत सीमा क्षेत्रमै पर्ने यो सडक महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “निर्माणको काम तोकिएको मितिमा सकिनेमा हामी ढुक्क छौँ । भगवती बौद्ध सोहिना जेभीले निर्माण ठेक्का लिएको छ ।”निर्माण असार २० मा काम सक्ने गरी गत चैत २० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर गौतमले जानकारी दिनुभयो ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले भौगोलिक रुपमा कठिन क्षेत्र भएकाले यहाँ सडक निर्माण गर्न थुप्रै चुनौतीको सामना गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ वर्षौँदेखि सडकको अभाव थियो तत्काल समाधान गर्न कैयन प्रयास गरियो । अत्यन्तै कठिन भौगोलिक बनावटका बावजुत हामी सफल भएका छौँ ।”
यहाँ सडक बनेपछि सर्वसाधारणले सामान्य काममा पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने प्रमुख राईको विश्वास छ । नेपालीले नेपालभित्रै पुग्न आफ्नै भूमि प्रयोग गर्न पाउनु स्वाभिमानको कुरा पनि हो । उहाँ भन्नुहुन्छ, “नागरिकलाई मात्र होइन सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थामा असहज परिस्थिति थियो । सबैका लागि यो सडक अत्यावश्यक र महत्वपूर्ण हो ।”
आफूले उत्पादन गरेको तरकारी भारतीय बजारमा लगेर बिक्री गर्ने विषयमा केही समयअघि भारतीय सीमा सुरक्षा बल र स्थानीयबीच तनावसमेत भएको थियो । त्यसपछि भारतपट्टि तरकारी, दूधलगायत बेच्न बन्द भएको थियो भने स्थानीय उत्पादन नेपालतिरकै बजारमा ल्याएर बिक्री गर्न सडक सुविधा थिएन । नगरप्रमुख राईले पशुपतिनगरका सुरक्षाकर्मी काममा ड्युटीमा आफ्नै देशको मानेभञ्ज्याङ जानुपरे बर्दी लाएर, हतियार बोकेर जाने अवस्था नभएको स्थितिमा सडकले त्यो बाध्यतासमेत अन्त्य गर्ने बताउनुभयो ।
सूर्योदय नगरकै आग्रहमा सङ्घीय सरकारले बजेट व्यवस्था गरिदिएपछि यहाँ सडक निर्माण सम्भव भएको नगरको भनाइ छ । अब आन्तरिक पर्यटकलाई आफ्नै भूभागबाट प्रसिद्ध चित्रेगुम्बालगायत उच्च पहाडी क्षेत्रका दर्जनौँ पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले बताउनुभएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments