
आइसीसी लिग २ मा नेपालको ऐतिहासिक जित
- फाल्गुन ६, २०७९ मा प्रकाशित
काठमाडाैं । घरेलु मैदानमा नामिबियालाई ३ विकेटले पराजित गर्दै आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ। नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। यो जितसँगै नेपालले लिग २ को सिरिजमा नै निकालेको यो पहिलो तेस्रो जित हो। नेपालको जितमा ओपनर आशिफ शेख र ज्ञानेन्द्र मल्लले किर्तिमानी साझेदारी गरेपछि नेपाल जिततफ अघि बढेको थियो।
आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गर्दै नेपालका लागि सर्वाधिक साझेदारी गर्ने किर्तिमानी आफ्नो नाममा गरेका हुन्। यो कीर्तिमान कयम गर्ने क्रममा आशिफ ६९ र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए। आसिफ शेख ८१ रनमा पवेलियन फर्के। ९८ बलको सामना गरेका उनले ८ चौका र २ छक्का हाने। आशिफले एकदिवसीय खेलमा छैटौँ अर्धशतक प्रहार गरेका हुन्। ज्ञानेन्द्र मल्ल ६५ रनमा क्याच आउट भए।
७४ बलको सामना गरेका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का हाने। एक दिवसीयमा नेपालको तर्फबाट सात अर्धशतक प्रहार गर्ने ज्ञानेन्द्र पहिलो खेलाडी हुन्। चौथौ विकेटका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले ९२ रनको साझेदारी गर्दै नेपालाई सहज जित दिलाएका थिए। कुशल ६२ रनमा क्याच आउट हुँदै पवेलियन फर्के। विष्फोटक ब्याटिङ गरेका कुशलले ४९ बलमा बलमा ६ चौका र ४ छक्का हाने। कुशलले वन डे करियरको तेस्रो अर्धशतक प्रहार गरेका हुन्। कप्तान रोहित ३९ रनमा आउट भए। रोहितले ४३ बलमा ५ चौका हाने।
सोमपाल कामी ८ र गुलसन झा शुन्य रनमा नटआउट रहे। दिपेन्द्र सिंह ऐरि र कुशल भुर्तेल १ रनमा रनआउट भए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रनको योगफल तयार पारेको थियो। पहिलो विकेटका लागि ओपनर लो हान्ड्रे लरेन्स र कार्ल ब्रिकेनस्टोकले ६४ रनको साझेदारी गरे। लरेन्स सन्दीपको बलमा बोल्ड आउट भए। कार्ल २० रनमा सन्दीपको बलमा क्याच आउट भए।
माइकल भान लिंगेन दिपेन्द्रको जोराको हातबाट २२ रनमा क्याच रन आउट भए। कप्तान गेहार्ड इरास्मस १५ रनमा सन्दीपको बलमा बोल्ड आउट भए। जान निकोल लिफ्टी–एटोन १५ रनमा करन केसीको बलमा क्याच आउट भए। छैटौं विकेटका लागि जेन ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको साझेदारी गर्दै नामिबियाको इनिङस् उकासेका थिए। फ्रान्स ४९ रनमा सोमपाल कामीको बलमा रनआउट भए। ३९ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का हाने।
जेन ग्रिन ७५ र रुबेन २४ रनमा नटआउट रहे। ग्रिनले ६३ बलमा ११ चौका र १ छक्का हाने। रुवेनले ७ बलमा ३ चौका र २ छक्का हाने। नेपालका लागि सन्दीप लामिछानेले तिन तथा करण केसीले एक विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चे। नामिबियाविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा ५० विकेट पूरा गर्ने सन्दीप नेपालका पहिलो बलर बने। नेपालका लागि करण केसी महंगा सावित भए।उनले ९ ओभरमा ७४ रन खर्चेर १ विकेट लिए।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments