•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:06:21 AM

पथरीशनिश्चरेमा खेतबाटै २ मनबढी आलु चोरी : उखेलिएकाे बाेट बाेकेर प्रहरी कार्यालय पुगे कृषक

- फाल्गुन ४, २०७९ मा प्रकाशित



इटहरी । मोरङको पथरीशनिश्चरे -२ कालापानीमा खेतीबाटै आलु चोरी भएको छ ।पथरी कृषि फर्मका संचालक रुद्र मणि न्यौपानेले १५ धुर क्षेत्रफलमा लगाएको आलु सोमबार राति चोरी भएको हो । न्यौपानेले २ विघा क्षेत्रफल जमिन भाडामा लिएर कागती खेती र नगदे वाली गर्दै आएका छन् ।

करिव २ मन आलु चोरी भएको फर्मका न्यौपानेले बताए। उनले फर्ममा कागती, उखु, साग केराउ, प्याज, लसुन लगायतका नगदे बाली लगाउदै आएका छन् । गाँउमा रहेको फर्ममा कहिले काँही कागती र अन्य सागपात समेत चोरी हुने गरेको बताउँछन् ।

आलु चोरी भए पछि न्यौपानेले जनप्रतिनिधि र प्रहरीमा जानकारी गराएका छन् । सुनसान गाँउमा रातको समयमा चोरी भएकाले चोर पत्ता लाग्न पनि सकिएको छैन ।

Comments

सम्बन्धित खवर