
मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
- फाल्गुन ३, २०७९ मा प्रकाशित
मोरङ । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ ।औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसंख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जनस्वास्स्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
मोरङमा यस अघि ११औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो ।‘सफलता प्राप्त नभएपछि १२औँ पटक औषधि खुवाउन लागेका छौं’, प्रमुख मेहताले भने, ‘यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौँ ।’ गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामी बाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments