•  ९ मंसिर २०८१, आईतवार
  •  9:07:20 AM

अट्टेरीको घरमा उपमहानगरको ड्रोजर : इटहरीकाे ६ नं वडामा ९ वटाभन्दा बढी घरहरू भत्किने

- माघ २९, २०७९ मा प्रकाशित



इटहरी । पटक पटक सुचना जारी गर्दा पनि घरधनीहरूले अट्टेरी गरेपछि इटहरी उपमहानगर वडा नं ६ मा ड्रोजर चलाइएको छ । ६ लेन राजमार्ग बिस्तारको क्रममा सडकको सिमा भित्र पर्ने घरहरू भत्काउने अभियान अन्तरगत वडा नं ६ मा आइतबार डोजर प्रयोग गरिएको हो । २ साता अघी इटहरी ९ मा डोजर लगाएर १५ वटा घरहरू भत्काइएको थियो ।

रानी विराटनगर जोगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियानलाइ निरन्तरता दिइएको इटहरी उपमहानगरले जनाएको छ । इटहरीका मेयर हेमकर्ण पौडेल , ६ नंका वडाध्यक्ष दिवश पोख्रेल , प्रहरी प्रसाशन , पत्रकार लगायतको उपस्थितीमा घरहरूमाथी ड्रोजर चलाइएको हो । ६ नं वडामा ९ वटा भन्दा बढी घरहरू भत्काइने इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले बताए ।

उपमहानगरको सुचनालाइ मानेर अधिकांस घरधनीहरूले आ आफ्नो घरहरू भत्काउन थालेपनि अट्टेर गरेर बस्ने ४ जनाको घरमा आइतबार ड्रोजर प्रयोग गरी भत्काइएको वडा नं ६ का वडाध्यक्ष दिवश पोख्रेलले बताए । अधिकांसले बिकाशका काममा बाधा नबन्ने र स्थानिय सरकारलाइ सघाउने भन्दै आफै घरहरू भत्काउन थालेको बताउदै उचित क्षतिपुर्ती माग्दै केहि घरधनीहरूले भने अट्टेर गरेकोले उनिहरूको घरमा डोजर प्रयोग गर्नुपरेको वडाध्यक्ष पोख्रेलले बताए ।

घरहरू भत्काउन १५ दिन अघि नै सुचना जारी गरेपछि बिराटनगर रोडका सबै घर र सटरहरू खालि गरिएका थिए ।पटक पटकको अवरोध र बिवादकै कारण लामो समयदेखि ६ लेन राजमार्ग इटहरीमा स्थकित हुदै आएको थियो । इटहरी संगै सुनसरीको दुहबी र धरानमा पनि राजमार्ग बिस्तार बारे छलफल चलिरहेको ६ लेन परियोजनाको कार्यालय बिराटनगरले जनाएको छ ।

Comments

सम्बन्धित खवर