
नेपाल दशनामी समाज प्रदेश नम्बर १ को अध्यक्षमा प्रकाश
- माघ २९, २०७९ मा प्रकाशित
झापा । नेपाल दशनामी समाज प्रदेश नम्बर १ को दोस्रो अधिवेशनबाट अध्यक्षमा झापाका पदमबहादुर पुरी (प्रकाश) सर्वसम्मत चयन भएका छन् ।झापाको बिर्तामोडस्थित चारपानेमा शनिवार भएको अधिवेशनबाट प्रकाश सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । प्रदेश समितिको उपाध्यक्षमा मोरङबाट खगेन्द्र गिरी, महिला उपाध्यक्ष झापाबाट सारदा गिरी, सचिबमा मोरङका एनकुमार गिरी, सह–सचिवमा झापाबाट उमेश भारती र कोषाध्यक्षमा इलामबाट प्रेमबहादुर गिरी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यमा संखुवासभाबाट रधुनाथ गिरी, झापाबाट कृष्णबहादुर बन, पाँचथरबाट रामकुमार भारती, ओखलढुङ्गाबाट इश्वरी गिरी, खोटाङबाट कमल पुरी, सुनसरीबाट राजन गिरी, दीपबहादुर पुरी र सुश्मा गिरी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक खगेन्द्र गिरीले जानकारी दिए ।
अधिवेशनकै क्रममा समाजको प्रदेश १ ले प्रदेश भरका जिल्ला र नगर समितिहरु मध्येबाट उत्कृष्ट कार्य गरेको भन्दै बिर्तामोड नगर समितिलाई सम्मान गरेको छ । समाजका बिर्तामोड नगर समितिका अध्यक्ष अर्जुन गिरीले गरेको कार्यको प्रशंसा गर्दै नगर समितिको तर्फबाट उनलाई सम्मान गरिएको हो ।
त्यस्तै प्रदेश नम्बर १ ले समाजका लागि विभिन्न कार्य गरेको भन्दै समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्दबिक्रम गिरी, समाजका केन्द्रिय संरक्षक भरतलाल गिरी, छत्रबहादुर गिरी, प्रदेश नं. १ सांसद गोबिन्द गिरी र ताप्लेजुङका पूर्व अध्यक्ष कुलराज गिरीलाई सम्मान गरेको छ ।
नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष रुद्र गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समाजका प्रदेश उपाध्यक्ष टीकाबहादुर बनले गरेको कार्यक्रममा समाजका केन्द्रिय सचिव अशोक गिरी, महासचिव तुलसीराज गिरी, उपाध्यक्ष मणिराम गिरी, प्रमुख अतिथि रुद्र गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बन्दसत्र कार्यक्रममा समाजको केन्द्रिय सल्लाहकार हर्कलाल गिरी, केन्द्रिय कोषाध्यक्ष डम्बर बनलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए भने बन्दसत्रको कार्यक्रम केन्द्रिय सचिव अशोक गिरीले सञ्चालन गरेका थिए भने उद्घाटन कार्यक्रमको सञ्चालन प्रदेश सचिव प्रेमराज भारतीले गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments