धरान र केराबारीबाट प्रतिबन्धित लागूऔषध सहित पाँच जना पक्राउ
- माघ २८, २०७९ मा प्रकाशित
इटहरी । मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका–१० का १९ बर्षीय गोरे भनिने विनय मगरलाई पक्राउ गरेको छ । उनको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको फेनारगन, डाईजेल्याव, ब्रुफिन सहित ११ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१५ का २६ बर्षीय लकि गुरुङ, ३२ बर्षीय कुस बहादुर भुजेल, धरान २ का काम्मराज लिम्वु र धरान ४ का ३० बर्षीय सन्जु विकलाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments