
झापामा प्रादेशिक अस्पतालको स्तराेन्नतीकालागि चार मन्त्रीले देखाए चासो
- माघ २८, २०७९ मा प्रकाशित
झापा । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको नामकरण परिवर्तन गरी भर्खरै प्रादेशिक अस्पताल नामकरण गरिएको अस्पतालको स्तरोन्नतिसँगै सेवा प्रवाह सुधारको निम्ति संघीय र प्रदेश गरी चार जना मन्त्रीले एकै पटक चासो देखाएका छन् ।
प्रदेश १ सरकारको स्वामित्वमा रहेको प्रादेशिक अस्पतालप्रति चासो देखाउँदै उपप्रधान एवम् ऊर्जा, सिचाई तथा जलस्रोत मन्त्री राजेन्द्रप्रसाद लिङ्देन, प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला र स्वास्थ्य मन्त्री निर्मला लिम्बुले शुक्रबार दिउँसो स्थलगत निरीक्षण गर्दै अस्पतालमा देखिएका र भइरहेका समस्याको बारेमा जानकारी लिएका छन् ।
चार मन्त्रीहरू एकै पटक उपस्थिति भएर अस्पतालको समस्या बारे बुझेको यो पहिलो पटक हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट टङ्कप्रसाद बाह्रकोटीले मन्त्रीहरूलाई अस्पतालको अवस्था, समस्या र समाधानका उपायहरूको बारेमा ध्यानाकर्षण गराउँदै लिखित पत्र नै बुझाएका छन् । ५० शैययाको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकसहितको जनशक्ति ठुलो चुनौतीको रुपमा रहेको मन्त्रीहरूलाई जानकारी गराउँदै मेसु बाह्रकोटीले भने, ‘स्वास्थ्य उपकरण, मेसिनरी औजार र सामग्रीहरूको अभाव छ ।’
प्रदेश तथा संघीय सरकारले अस्पतालको सेवालाई चुस्त दुरुस्त बनाउनुका साथै बिरामीलाई रेर्फर गर्नुपर्ने बाध्यतालाई हटाउन यी विषयमा तत्काल ध्यान दिनुपर्ने उनले मन्त्रीहरू समक्ष माग राखेका छन् । अस्पतालमा १०३ जनाको दरबन्दी रहेकोमा हाल ४८ जना मात्र कार्यरत रहेको छ ।यता यस क्षेत्रबाट निर्वाचित उपप्रधानमन्त्री लिङ्देनले अस्पतालमा शिशु सघन उपचार कक्ष ९एनआइसीयू० सेवा नहुँदा आमा र बच्चालाई छुट्टाछुट्टै अस्पतालमा राख्नु पर्ने वा गर्भवती महिलालाई अन्यत्र रेर्फर गर्नुपर्ने समस्याको अन्त्य गरी तत्काल एनआइसीयु सञ्चालनका लागि संघीय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
‘काम विशेषमा कुदिरहेको बेला अस्पतालमा बेड छैन, यहाँ उपचार हुन सकेन, अन्यत्र पठाउन खोजिरहेको छ, लौन दाजु भनिदिनु पर्यो भन्दै यहाँका बिरामीहरूले फोन गर्नुहुन्छ,’ उपप्रधानमन्त्री लिङ्देनले भने, ‘अस्पतालमा देखिएका यो समस्याको अन्त्य कहिले हुन्छ, नेता र जनप्रतिनिधि हुँदा पनि सुनेकै थिए, अहिले मन्त्री हुँदा पनि सुन्नु परेको छ ।’
संघीय सरकारको मातहत यो अस्पताल नरहेकोले प्रदेश सरकारले नै अस्पतालको स्तरोन्नतिसँगै गुणस्तरीय सेवा प्रवाह दिलाउन मुख्यमन्त्रीसहित मन्त्रीहरू नै लाग्नु पर्ने आग्रह गर्दै उनले भने, ‘यसका निम्ति प्रदेश सरकारले थप सहयोग मागेमा संघीय सरकार पछि हट्दैन, त्यसको लागि म पहल गर्छु ।’त्यस्तै मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारको मातहत एउटै मात्र प्रादेशिक अस्पताल छ, त्यो यही हो, यस अस्पतालबाट दिइने सेवालाई गुणस्तरसँगै सुधारोन्मुख बनाउन प्रदेश सरकार जहिले पनि तत्पर छ ।
’ ‘२०० शैयया सञ्चालनका लागि चाहिने जनशक्ति स्वास्थ्य मन्त्रीबाट तत्काल मन्त्रिपरिषद् बैठक आओस्, त्यहीबाट निर्णय गरी तत्काल कार्यान्वयन प्रक्रिया अघि बढाउने छु,’ उनले भने । नयाँ भवन निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेकोले थप विषयवस्तु बुझ्न फागुनको दोस्रो साताभित्र फेरि आएर बुझ्ने उनको भनाई छ ।
त्यस्तै स्वास्थ्य मन्त्री लिम्बुले अस्पतालमा हुनुपर्ने सरसफाइ नभएकोले त्यसतर्फ अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिले तत्काल ध्यान दिनुपर्नेमा जोड दिइन् ।‘अस्पतालको सुधारका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्छ,’ उनले भनिन्, ‘जसरी पनि प्रादेशिक अस्पतालको सेवा प्रवाह सुधार हुनुपर्छ, बिरामी र तिनका आफन्तजनबाट जनगुनासो आउनु हुँदैन ।’अस्पताल निरीक्षणको क्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा। अनुज भट्टचन, अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ बराल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments