उद्योग वाणिज्य संघ बेलबारीको साधारणसभा १० वर्ष पछि वैशाखमा हुने
- माघ २६, २०७९ मा प्रकाशित
बेलबारी । उद्योग वाणिज्य संघ बेलबारीको साधारणसभा १० वर्ष पछि हुने भएको छ ।बुधवार बसेको बैठक बसेर २०८० वैशाख २३ गते संघको साधारण सभा गर्ने निर्णय गरेको संघका महासचिव विवेक मिश्रले बताए ।
बेलबारी ३ का वडा अध्यक्ष समेत रहेका योगेन्द्र प्रसाद सुवेदी अध्यक्ष छन । सुवेदी दोस्रो कार्यकालमा पनि वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
बेलबारी व्यापार प्रबन्ध समिति बाट २०७६ चैत्रमा उद्योग वाणिज्य संघ बेलबारीमा रूपान्तरण भएको थियो । व्यापार प्रबन्ध समिति हुँदा साधारणसभा भएको थियो भने त्यसपछि साधारण सभा भएको छैन ।
लामो समय सम्म साधारण सभा नभएको संस्था भनेर विरोध हुने गरेको थियो ।५ सयको हाराहारीमा व्यवसायीहरू संघमा आबद्ध रहेको महासचिव मिश्रले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
Comments