
झापाकि महिलालाई बिराटनगर ल्याएर सामुहिक बलात्कार : दुइ जना भारतीय नागरिक पक्राउ
- माघ १६, २०७९ मा प्रकाशित
इटहरी । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो ।
उनीहरूले झापाको २७ वर्षीय महिलालाई विराटनगरको एक होटेलमा माघ १२ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । करणी गरेपछि विभिन्न प्रलोभन देखाएर २७ वर्षीय महिला र उनको दिदीको १४ वर्षीय छोरीलाई भारतमा रोजगारी लगाइदिने भन्दै लैजाने क्रममा प्रहरी र साना हातहरू नामक संस्थाले सीमावर्ती क्षेत्रबाट भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा आइतबार मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’
पक्राउ परेका भारतीय नागरिक केही दिनयतादेखि विराटनगरको होटमाल बस्दै आएका थिए । १२ माघ कामको खोजीमा ती महिला र बालिका विराटनगरको रोडशेषचौकदेखि दक्षिणको एक होटेलमा पुगेका थिइन् । ‘उनीहरूले त्यहाँ होटेलमा काम मागेको रहेछन् । त्यही होटेलमा रहेका भारतीय नागरिक बाबु साहेब र जाहेरीले नियाली रहेका रहेछन् । त्यही बिचमा बाबु साहेब र जाहेरीले तिमीलाई हामी राम्रो काममा लगाइदिन्छौ भन्दै विभिन्न प्रलोभनमा पारे । त्यही नजिकको होटेलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने क्रममा पक्राउ गरिएको हो,’ साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भने ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments