
धनकुटा महोत्सव : विष्णुमायाको छोरालाई भिडले किच्यो, छोरीलाई जोगाइन
- माघ १६, २०७९ मा प्रकाशित
बिराटनगर । शनिबार साझ धनकुटा महोत्सवमा भागदौड हुँदा विष्णुमाया राई लिम्बू कार्यक्रमको गेट नजिकै थिइन् । गायक प्रमोद खरेल आफ्नो प्रस्तुती दिने तयारी गर्दै थिए । ७ वर्षे छोरा र १० महिने छोरीसहित महोत्सवमा पुगेकी उनलाई एक्कासी पछाडिबाट भिडले किच्यो ।
टुडिखेलको प्रवेश द्धार पुगेलगतै पछाडिबाट हुलले थिच्यो । ७ वर्षे छोरा साथबाट छुटे । १० महिने छोरीलाई च्यापिन् । भिड्ले थिचेपछि लडेकी उनले छोरीलाई हातले जोगाएर गुहार मागिन । भिड्ले उनलाई किच्यो । त्यहीँ भिडमा रहेका कसैले उनको हातबाट छोरीलाई खोसे । खोसेर उनको छोरीलाई स्टेजमा लगेर राखे ।
‘म लडेपछि छोरीलाई नटेकुन भनेर दुई हातले उचाले, धन्न कसले मेरो हातबाट खोसेर स्टेजमा पुर्याइ दिएछन् ,’उनले भनिन्,‘ भिडमा छोरा छुटिहाल्यो,म होसमा आउँदा छोरालाई बेहोस् देखे ।’ रक्ताम्मे अवस्थामा भेटिएको सात वर्षीय छोरा अभिहाङ लिम्बूको अस्प्ताल पुगेपछि मात्रै होस आएको उनले बताइन् । ‘ मलाई बाच्छु जस्तो लागेको थिएन्, भिडमा फसेपछि मेरो ज्यान गए जाओस छोरी बचाउँछु भनेर आट गरे,’ उनले भनिन्,‘छोरीलाई धन्न केही भएन्, अरुले जोगाइदिए ।’
विष्णुका आफन्तसहित ६ जना भागदौडमा किचिएर घाइते भएका छन् । घाइते मध्ये उनका छोरा अभिहाङ लिम्बू गम्भीर घाइते छन् ।
उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनकै देउरानी बुधमायासहित उनका ३ वर्षीय छोरा रोहन लिम्बू पनि घाइते छन् । रोहनको गोल्डेन उपचार भइरहेको छ । बुधमायाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । विष्णुमायासहित अन्य सामान्य घाइते छन् । घाइते सबै खतरा मुक्त छन् ।
‘हिजो महोत्सवमा पहिलो पटक आएको, तर यस्तो घटना भयो,’ उनले भनिन्,‘ आयोजकले एक्कासी पटक गेट नखोलेको भए यस्तो हुने थिएन् ।’ महोत्सवमा अत्याधिक भिड बढेपछि आयोजकले एक्कासी प्रवेश द्धारको गेट खोलेको थियो । गेट खोलेपछि बाहिर रहेको भिड भित्र पस्न खोज्दा भागदौड मच्चिएको थियो । भिडमा चेपिएर १७ जना घाइते भएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments