
दमकको बालाजी फर्निसिङमा आगलागी, लाखौंको क्षति
- माघ १५, २०७९ मा प्रकाशित
झापा । झापाको दमक–६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा शनिबार आज साँझ आगलागी भएको छ ।त्यहाँस्थित विकास भट्टराईले सञ्चालन गरेको फर्निसिङमा आज साँझ ७ बजे भएको आगलागीबाट फर्निसिङमा राखिएका अधिकांश सामान नष्ट हुन पुगेको थियो ।
आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान नष्ट भएका छन् । स्थानीय भगवान् बस्नेतको घरको भुइँतलामा रहेको पसल बन्द गरेर पुगेलगत्तै आगजनी भएको खबर आएको पीडित भट्टराईले बताए । आगजनीबाट लाखौँ मूल्यका सामान जलेर क्षति पुगेको दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
उनका अनुसार आगलागी दमक, उर्लाबारी, गौरादहको वारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको सहायताबाट नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । यही माघ १ गते दमक–६ कै नमूना बजारका छवटा पसलमा आगजनी हुँदा रु दुई करोड बढी मूल्यका धनमालमा क्षति हुन पुगेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments