
इटहरीमा चल्याे डाेजर : राजमार्ग ओगटेर बनाइएका भवनहरू भत्काउन शुरू
- माघ १३, २०७९ मा प्रकाशित
इटहरी । राजमार्ग अाेगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले शुक्रवार डोजर चलाइ भत्काएको छ । इँटहरिको विराटनगर रोडस्थित २ वटा घरहरूमा ड्राेजर लगाएर भत्काइएको हो ।
रानी विराटनगर जाेगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घर टहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको इटहरीका मेयर हेम कर्ण पौडेलले बताए । सडकको क्षेत्रमा रहेका घरहरू अब सबै भत्किनेछन् मेयर पौडेलले भने ।
उपमहानगरले विराटनगर रोडमा सरोज चौधरिले बनाएको एक तले पक्की भवनमा डोजर चलाइ अभियानको सुरुवात गरेको बताएकाे छ । पटक पटक सूचना जारी गर्दा पनि घरधनीहरूले अटेर गर्दै आएकोमा शुक्रवार अचानक डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो । घर धनीहरूले सूचनाको अटेर गरिरहँदा ६ लेन सडक परियोजना इटहरीमा लथालिङ्ग बनेको थियो ।
इटहरीका राजनीतिक दल , प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरू हटाउने निर्णय स्वरूप शुक्रवार वाट अभियान थालिएको इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए । सडक परियोजना अन्तरगत ५५ फुट कायम हुने गरी शुक्रवार देखी डेजर चलाइएको उपमहानगरले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments