
खोटाङमा बस दुर्घटना हुँदा सात जना घाइते
- माघ ११, २०७९ मा प्रकाशित
खोटाङ । झापाको काँकरभिट्टाबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्र. १–०१–००१ ख ३५०८ नम्बरको बस बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्गको नुनथलास्थित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नजिकै भएको बस दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।
दुर्घटनामा बस चालक झापाको मेची नगरपालिका–७ का ३६ वर्षीय स्ट्रङ राई, मोरङको पथरी नगरपालिका–५ का २९ वर्षीय अमृत पाण्डे, मोरङकै बेलबारी नगरपालिका–१ का २५ वर्षीय किशोर लिम्बु, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० का ४० वर्षीय नरबहादुर खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका २५ वर्षीय कुवीर दाहाल, सोही नगरपालिकाको वडा नं.–१ दिक्तेलका २५ वर्षीय सरोज विश्वकर्मा र २८ वर्षीय हिरनराज खतिवडा घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाका घाइते सबैजनाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुको टाउको, हात तथा खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनालगत्तै चालक पेमा तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला पठाइएको प्रहरी चौकी नुनथलाका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् ।
‘रात्रि बस भएकाले दुई जना चालक रहेछन्,’ उनले भनिन्, ‘काँकरभिट्टादेखि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित विजुलेसम्म आएपछि पेमाले चलाएको केही समयपछि दुर्घटना भएको पाइएको छ ।’ मापद पदार्थ सेवन गरेका चालकले बस चलाएका कारण दुर्घटना भएको बसमा सवार यात्रुहरुले आरोप लगाएका छन् । पेमाले बस चलाउन थालेपछि तीव्रगतिमा आएको बस भित्तामा ठोक्किएपछि सडकमुनि पल्टिएको बसमा सवार यात्रुहरुले बताएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments