
सप्तरीकाे सिंगै बस्ती ठगीकाे चपेटामा : दाेषिमाथी कार्वाहिकाे माग
- माघ ८, २०७९ मा प्रकाशित
सप्तरी । विदेश पठाइदिने भन्दै एजेन्टहरूले लाखौँ रकम ठगी गर्ने क्रम बढ्दै गएको छ । वैदेशिक रोजगारीकै नाममा गरिएको ठगी धन्दाले सप्तरीको एउटा पूरै गाउँ नै ठगी र ऋणको दोहोरो चपेटमा परेका छन् ।सप्तरीको रुपनि गाउँ पालिका वडा नम्बर २ को दलित सदा बस्तीमा वैदेशिक रोजगार मै जानको लागि एजेन्टले मागे बमोजिम साहूबाट चर्को ब्याजदरमा ऋण लिँदै एजेन्टलाई विश्वास गर्दै एउटै व्यक्तिले ठगेर सिङ्गो गाउँलाई पीडित बनाएका छन् ।
यहाँका नागरिकलाई सहज र सस्तो तवरले ऋण लिन लागि बैङ्कमा जानुपर्छ भने चेतना छैन । अर्कोतर्फ उहाँहरूसँग बैङ्कलाई दिने धितो सम्पत्ति पनि नभएको कारण ऋण लिन साहूकोमा जानुपर्ने बाध्यता एकातिर छन् भने अर्कोतिर वैदेशिक रोजगारमा जाने उचित सीप छ न त सुरक्षित आप्रवासनको ज्ञान नै । यसर्थ उनीहरु एजेन्ट कै भर परेर एउटै व्यक्ति एउटै एजेन्टबाट पटक पटक ठगिएको उदाहरणहरू प्रशस्तै भेटिन्छ । हामीजस्तो दलित गरिब बैङ्कमा सितिमिति गइहाले पनि हामीलाई अनेक बहाना देखाएर बैङ्कले सहज ऋण दिन मान्दैन । अनि हामीलाई बैङ्कको झन्झटिलो ऋण भन्दा तिर्न गाह्राे भए पनि साहुकै ऋण सजिलो मान्ने गरेको सदा बस्तीका दनालाल सदाले भन्नुभयो ।
रुपनि गाउँपालिका २ पिपराही टोलको दिनेश महतो भने एजेन्टले आफ्नै गाउँ लगायत जिल्ला भरिमा सयौँ युवालाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै आफ्नै गाउँ लगायत जिल्ला भरिमा सयौँ युवालाई करोडौँ रकम ठगी गरेका छन् । रुपनि २ कै सदा वस्तीमा मात्रै म लगायत ५० जना भन्दा बढी युवालाई ठगेको स्थानीय दनालाल सदाले भइनुभयो । पीडित सदा थप्नुहुन्छ, मसँग मात्रै महतोले पटक–पटक गरी छ लाख बढी रकम लिएको छ ।
दुई पटक विदेश पनि उडाइदियो तर लुकेर काम गर्नुपरेको र गर्नै नसक्ने जति गाह्रो काम भएर भागेर आउनुपर्यो । पुलिसमा गए तर केही न्याय पाईनन मैले । पुलिस पनि एजेन्टकै कुरा सुनेर महतोलाई समातेन । अनि म थप पीडित भए । महतोले उल्टै थर्काउनै भन्छ, पुलिसमा गएर केही हुनेवाला छैन । बरु घाटा लाग्यो भन्ने फेरी मलेसिया पठाइदिन्छु भन्दै आजकल पुनः महतोले मसँग तीन लाख माग्दै छन ।
अस्ति अस्ति तीन पटक तिनै एजेन्टलाई दिन गाउँको साहुबाट सैकडाको चार रुपैयाँ ब्याज (६० प्रतिशत)मा लिएको ऋण लिएको पैसा तिर्न सकेको छैन । आमाले सहीछाप गरेर उठाइदिएको पैसा तिर्न नसकेर साहुले आमा र मेरो परिवारलाई पुलिसले पक्रिन लगाउँछन् ।हामी सबै परिवार एक वर्षदेखि घरबाट भागम भाग भएर उठिबास भएका छौँ । ठगीमा पर्नुभएका दनालालले सुनाउनुभयो ।
सदा बस्तीकै ४५ बर्षीय सीमा सदाले भन्नहुन्छ, घरपरिवार बालबच्चा भोकमरीबाट गुज्रिँदै गर्दा छोरालाई विदेश पठाएर घरपरिवार चल्छ भनेर म अनपढ छाप लगाएर स्थानीय विश्वनाथ साह र उनकै भाइ दानालाल साहसँग चार रुपैयाँ सैकडा व्याजमा ऋण लिएर छोरालाई पैसा दिलाए । तर छोराले कमाउनु भन्दा एजेन्टको फन्दामा परेर परिवारै उठिबास लागिसक्यो । कोरोनाको बेला पुलिस पक्रिन आउँदा भागेर माइती भारत गए ।दुई दिनमै लकडाउन भएपछि छ महिनासम्म आउन सकिन । गाउँको सबैले आफ्नो बारेमा फलानी मरी सक्यो भनेर खबर फैलाएको रहेछ । आज आफ्नै घर बस्न पाएको छैन भागेर हिँड्नु परेको छ ।घर बनाएर बस्न आफ्नै जग्गा समेत नभएर ऐलानी मा बसेका दुई सय घरपरिवारको सदा बस्तीका ९० प्रतिशत घर मुली पुरुषहरू वैदेशिक रोजगारमा गएका छन् भने बाँकी काठमाडौँ , दिल्ली , पन्जाब गरेर रोजगारीमा छन् ।
गाउँमा महिलाहरू मात्रै भेटिन्छन् । परिवारलाई समस्या परेपछि घरमा अभिभावक हुँदैन अन्ततः साहुकै शरण लिनुमा जानुपर्छ । यहाँका ९९ प्रकाशित महिलाहरू पढेलेखेका छैनन् ।जसले गर्दा साहुबाट लिएको एक रुपैयाँको १६ रुपैयाँ तिरे पनि आफूहरू हिसाब गर्दैन र गर्न पनि जान्दैन । साहुले जति भन्यो त्यति दिनपर्ने हुन्छ । स्थानीय असिया देवी सदाले बताउनुभयो ।
उनीहरूको आर्थिक अवस्था यति कमजोर छन् कि आफ्ना छोराछोरी समेत पढाउन सकेका छैनन् । अहिलेको पुस्ता पनि मजदुरी गरेर परिवार चलाउनुपरेको सहजै देखिन्छ । एकातिर ६० प्रतिशतले साहुको ऋणको चपेटामा छन् भन्ने अर्कोतिर घरैपिच्छे वैदेशिक रोजगारमा गएका र पठाउन लागेका परिवारहरूबाट लाखौँ रकम ठगीमा पर्दै आएको यो बस्ती नियति नै बनेको छ । रोपनी गाउँपालिका वडा २ का अध्यक्ष सरोज यादवले भन्नुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments