•  ९ मंसिर २०८१, आईतवार
  •  5:43:42 PM

प्रदेश एक : मन्त्रीहरूलाई ताेकियाे जिम्मेवारी : कस्ले पाए कुन मन्त्रालय ?

- माघ ७, २०७९ मा प्रकाशित



इटहरी । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूको जिम्बेवारी तोकिएको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकले ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम गर्नासाथ कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी दिए ।तिलकुमार मेन्याङ्बो लिम्बुले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय र बुद्धीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालय पाएका छन् ।

यस्तै दुर्गाप्रसाद चापागाईँले सडक पूर्वाधार तथा शहरी विकास र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन् । राप्रपाका भक्ति सिटौलाले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्बेवारी पाउँदा जनता समाजवादी पार्टी जसपाकी निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालय पाएकी छन् ।

आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्कीले आफैंसँग राखेका छन् ।

Comments

सम्बन्धित खवर