करारका ४ जना कर्मचारी निकालेपछि बेलबारी नगरपालीकामा खैलाबैला
- माघ ५, २०७९ मा प्रकाशित
बेलबारी । बेलबारी नगरपालिकाले करारमा रहेका कर्मचारीहरुलाई निष्कासन गर्न सुरु गरेको छ। पहिलो चरणमा ३ जना नगर प्रहरी र १ जना दमकल कर्मचारी सहित ४ जना निष्कासन गरेपछि खैलाबैला मच्चिएको हो ।
नगरपालिकाबाट निष्कासित कर्मचारीहरु असन्तुष्ट बनेका छन् । उनीहरुले करारमा रहेका कर्मचारी निष्कासन गर्न नपाईने भन्दै राजनीतिक दल र जनप्रतिनिधिहरुलाई दवाव दिईरहेका छन् । बेलबारी नगरपालिकामा प्रशासनतर्फ मात्र करारमा ४७ जना कर्मचारी रहेका छन् ।
संगठन ब्यवस्थापन सर्वेक्षणको रिपोर्ट अनुसार नगरपालिकामा कर्मचारीको संख्या बढी रहेको र क्रमैसँग करारमा रहेका कर्मचारीहरु हटाउदै जाने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले जानकारी दिएका हुन् ।
उनले करारमा रहेका कर्मचारीहरुलाई प्रदेश लोकसेवा आयोग मार्फत उर्तिण भएका कर्मचारीहरुलाई मात्र नियुक्ति दिने समेत बताएका थिए । बेलबारी नगरपालिकाको १२ औँ नगरसभाले करारका कर्मचारी हटाउने निर्णय पारित गरेको नगरप्रमुदख राईले बताउनुभयो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
Comments