
चौथो मुख्यमन्त्री बने कार्की, पाँचौंमा आङ्बो हुने सहमति
- पुष २४, २०७९ मा प्रकाशित
इटहरी । एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका छन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेश १ मा शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए । एमालेका नेता शेरधन राईलाई २०७४ फागुन ३ गते प्रदेश १ को मुख्यमन्त्रीमा दुईतिहाई मतका साथ निर्वाचित गरेको थियो । नेकपाको विभाजन र टुटफुटको असर परेपछि राईले २०७८ साल भदौ १० गते पदबाट राजीनामा दिए ।
त्यसको भोलिपल्ट २०७८ भदौ ११ गते दोस्रो मुख्यमन्त्रीको रुपमा भीम आचार्य नियुक्त भए । एमाले विभाजनले आकार ग्रहण गर्दै जाँदा आचार्यले मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिनामा अर्थात् २०७८ कार्तिक १५ गते राजीनामा दिए । त्यसपछि एमाले विभाजित बनेर नेकपा (एकीकृत समाजवादी) बनेको पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राई २०७८ कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भए ।
प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालका ९४ सांसदमध्ये तीन जनाले मुख्यमन्त्री बने भने ३३ जनाले सत्ताको स्वाद (मन्त्री)चाखेका छन् । ५ वर्षे कार्यकाल सकिएसँगै उक्त कार्यकालमा प्रदेशको मन्त्रीमण्डल पुनः गठन तथा विस्तार गरेर ७ पटक भयो । प्रदेशमा मन्त्रीको संख्या धेरै बनाउने पार्टी एमाले बनेको थियो । एमालेबाट प्रदेश १ मा २ जना मुख्यमन्त्री राई र भीम आचार्य बने भने १६ जना मन्त्री बने । सत्ताको स्वाद चाख्नेमा एमालेका सांसदहरु बढी देखिए । यस्तै नेपाली काँग्रेसबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट ४, नेकपा (एकीकृत समाजवादी) बाट १ मुख्यमन्त्रीसहित ४, जनता समाजवादीबाट १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जनाले मन्त्रीको रसस्वादन गरेका थिए ।
प्रदेश १ ले यो कार्यकालको भने पहिलो मुख्यन्त्री कार्कीलाई पाएको छ । सत्ता गठबन्धन दलको मुख्य घटक एमाले र माओवादीबीच आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जनाएका छन् । यो सहमति पालना भएमा आगामी साढे दुई वर्षपछि पाँचौं मुख्यमन्त्रीको रुपमा प्रदेश १ ले उनै आङ्बोलाई पाउने निश्चित छ

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments