विराटनगरबाट ठूलो मात्रामा अवैध घरेलु मदिरा बरामद
- पुष २२, २०७९ मा प्रकाशित
इटहरी । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा गएको प्रहरी टोलीले आज बिहान विराटनगर १२ बाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ र रक्सी बरामद गरेको हो ।
विराटनगर– १२ मा अवैध घरेलु मदिरा बनाई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा उत्पादन गरेको तथा उत्पादनको तयारी गरिएको मदिरा र मदिराको कच्चा पदार्थ नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रहरीले घरेलु मदिरा बनाउने २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, तयारी मदिरा १२५ लिटर र मदिरा बनाउने भाडाका सामानहरू ३१ थान बरामद गरेको जानकारी दिए ।
बरामद गरेको सामान अन्दाजी २ लाख ४४ हजार ९७० मुल्य बरावरको रहेको प्रहरीले जनाएको छ । बरामद गरेको समान प्रहरीले आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाउनेछ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments