न्यायधीशले आखा चिम्लिएर फैशला गरिदिदा निर्दोश लालबहादुर पुगे जेलमा : तरहरावासी भन्छन गरीबले न्याय पाउन यहा आत्मादह गर्नुपर्छ
- पुष १९, २०७९ मा प्रकाशित
तेज बन
इटहरी । जिल्ला अदालत सुनसरीकी महिला न्यायधिस निर्मला योङ्याले आखा चिम्लेर फैशला गरिदिदा इटहरी उपमहानगरका एक निर्दोष ब्याक्ती कारागार चलान भएका छन । इटहरी उपमहानगर १९ निवासी लालबहादुर विश्वकर्मा यतिबेला सुनसरीको झुम्का कारागारमा कैदि जिवन बिताउन बाध्य बनेका छन ।
दैनिक ज्याला मज्दुरी गरेर जिविकोपार्जन गर्दै आएका लालबहादुरकाे हकमा जिल्ला अदालत सुनसरीकी न्यायधिश योङ्याले प्रमाण नहेरी हचुवाकै तालमा फैशला गरिदिदा बिना अपराध कारागार चलान भएका हुन । योङ्गयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै लालबहादुरलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय ताेकिदिएकि छिन ।
२०७२ साल देखि तरहरास्थित दिपक गजमेरले सञ्चालन गर्दै आएको सिंह देवि ज्वेलर्शमा लालबहादुर कालिगरको रूपमा कार्यरत थिए । डबल ब्याज दिने प्रलाेभन देखाउदै गजमेरले सञ्चालन गरेकाे ज्वेलर्सले उपभाेक्ताहरूबाट सहकारी सरह पासबुक दिएर लाखाै रकम लिन थालेपछि सिआइबीको टोलीले अनुशनधान सुरू गरेकाे थियाे । उक्त पासबुकमा मालिक दिपक गज्मेरले अराए अनुसार सामान्य सहि गरेकै भरमा लालबहादुर अहिले जेल सजाय भाेग्न बाध्य बनेका हुन ।
घटना के थियाे ?
२०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले सिंहदेवी ज्वेलर्सबिरूद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेपछि सुरू भएको सिआइबीको अनुशन्धानबाट अपराध पुस्टिभइ असार २१ गते जिल्ला अदालत सुनसरीमा अर्को मुद्धा दर्ता हुन पुगेको थियो । अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा परेपछि निर्दोष ब्याक्ती लालबहादुरको पनि नाम सोहि काण्डमा मुछियो ।
उजुरीकर्ताहरूले लालबहादुर निर्दोष रहेको र उनिसंग कुनै कारोबार नगरेको भनी अदालतमै बयान दिएपनि न्यायधिश योङ्गया कसैको नसुनी एकतर्फी फैशला सुनाइदिदा निर्दोष लालबहादुर अहिले कारागार चलान हुन पुगेका छन । न्यायधिश योङ्गया अवैध रूपमा बैंक तथा वित्तीय सस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गर्दै मुख्य साहु कृष्ण, उनका तीन छोराछोरीसहित लालबहादुरलाई पनि थुनामा राख्ने आदेश दियो ।
लालबहादुरलाई अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको कसुरमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय तोकियो । बिहान बेलुका छाक टार्न पनि धौ धौ पर्ने लालबहादुरलाइ अदालतको न्यायधिशले गरेको एकल फैशलाले अहिले मर्नु न बाच्नुको बनाएको छ ।
उनको परिवार अहिले बिक्षिप्त अवस्थामा पुगेको छ । न्याय पाइने अदालतबाटै आफ्नो परिवार पिडामा परेको उनकि श्रीमती दिलु गहतराजले बताइन । उनले आफ्नो श्रीमान निर्दोष रहेकोले फैशलाको पुनरावेदन हुनुपर्ने बताइन । अदालतको फैशला बिरूद्ध लालबहादुरले पुनरावेदनको माग गर्दै गत मंसिर २० गते उचच अदालतमा निवेदन दिएका छन । उनको पेशी पुस ३ गते रहेपनि बिविध कारणवस यहि २६ गते सरेको छ । लालबहादुरलाई न्याय दिलाउन सिंगो तरहरावासी लागिपरेका छन । अहिले सामाजिक सञ्जालभरी लालबहादुरलाई न्याय प्रदान गर्नकालागि अभियाननै चलाइएको छ ।
के भन्छन जाहेरीवाला ?
अदालतले निर्दाेश ब्याक्ती लालबहादुरलाई कराेडाै रकम सहित डेढ वर्षकाे सजाय सुनाएपछि जाहेरी दिनेहरू नै तिन छक्क परेका छन । इटहरी उपमहानगरपालिका २० कि कञ्चन चाैधरीले पैसाकाे काराेबार सुन पसलका सञ्चालक दिपक गज्मेर संग गरेकाे ,लालबहादुर साेहि पसलका सामान्य कामदार मात्रै रहेकाेले घटनासंग कुनै लेनदेन नरहेकाे उनले अदालतमा दिएकाे बक पत्रमा उल्लेख छ । चाैधरीले १८ प्रतिशत ब्याज दिने प्रलाेभन देखाएपछि रू ५ लाख सिंहदेवि ज्वेलर्शका सञ्चालक दिपक गजमेरलाई बुझाएकाे बकपत्रमा उल्लेख छ ।
त्यस्तै तरहराकी कमला पाैडेलले पनि १८ प्रतिशत ब्याज पाइन्छ भन्ने लाेभमै २ लाख ५० हजार रूपैया ज्वेल्र्शका सञ्चालक दिपकलाई बुझाएकाे त्याे बेला लालबहादुर संग कुने काराेबार नै नगरेकाे र उनि साेहि पसलका सामान्य कामदार मात्रै रहेकाे भनि बकपत्रमा उल्लेख गरेकि छिन ।
त्यस्तै कमला पाैडेलले पनि रू ५ लाख रूपैया पसलका सञ्चालक गज्मेरलाई नै बुझाएकाे , लालबहादु कामदार मात्रै रहेकाे भनी बकपत्रमा उल्लेख गरेका छन ।घटनासंग जाेडीएका मुख्य आराेपित दिपक गज्मेर स्वयमले पनि लालबहादुर निर्दाेष रहेकाे भनी अदालतमा बयान दिइसकेका छन । यद्यपी घटनाका मुख्य आराेपित दिपक गजमेर , सिता गज्मेर , लालबहादुर बिक सहित ५ जनालाइ ७५ साउनमै प्रहरीले पक्राउ गरी हिरासतमा पुर्याएकाे थियाे । एक महिनापछि रू २ लाख धराैटी बुझाएर लालबहादुर भने सादा तारेखमा छाडिएका थिए ।
उनकाे मुद्धा बिचाराधिन अवस्थामा रहेकाे थियाे । गत ७८ पुस १९ गते जिल्ला अदालत सुनसरीकी न्यायधिश निर्मला याेङ्याकाे एकल इजालशले तिनै लालबहादुरलाई पुनःदाेषी ठहर गर्दै ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय सुनाएकि थिइन जसकाे कारण अहिले लालबहादुर झुम्का कारागारमा कैदि जिवन बिताइरहेका छन ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments