
आमा बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारणसभा सम्पन्न
- पुष १७, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहरास्थित आमा बचत तथा ऋण सहकारी संस्थाले १३ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष कमला खडकाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सहकारी स्थापनाकाल देखि अहिले सम्म विभिन्न क्षेत्रबाट बिषेश योग्दान पुर्याउने ब्याक्तीत्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट ऋणी , र्कमचारी तथा ज्येष्ठ नागरिक सेयर सदस्य,एकल महिला लगायत लाइै सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेहरुमा ७७ वर्षीया माया देवि श्रेष्ठ, ७० वर्षीया फुवावती धामी,६९ वर्षीया पवित्रा तिम्सिना ,६८ वर्षीया राममाया खडका , र ६७ वर्षीया कमला सन्यासी रहेका छन । कार्यक्रममा संस्थाकि अध्यक्ष कमला खडकाले सहकारीले एक वर्षको अवधिभर गरेको प्रगती प्रतिवेदन पढेर सुनाएकी थिइन ।
उक्त प्रतिवेदन अनुसार संस्थाले एक वर्षमा कुल ६ करोड २९ लाख बढीको कारोबार गरेको छ भने कुल नाफा ५ लाख १२ हजार भएको जनाइंएको छ ।
र्कायक्रममा प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले पछिल्लो समय आँखा चिम्लेर ऋण बाडिदा धेरै जसो सहकारीहरु धरासयी बन्न पुगेको र त्यस तर्फ बिशेष ध्यान पुृर्याउन सञ्चालक समितीलाइ आग्रह गरेकि थिइन ।
महिलाहरुलाइ चुलो चौकामा मात्र सिमित नभइ सामाजिक क्षेत्रमा पनि उत्तीकै किृयाशिल बनाउन सहकारीले निकै महत्वर्पुण भुमिका र्निवाह गरेको भन्दै उपप्रमुख चौधरीले संस्थाको उत्तरोत्तर प्रगतीको कामना सहित सुभकामना दिएकी थिइन ।
सस्थाकी उपाध्यक्ष विष्णुमाया गुरुङको सम्योजकत्वमा भएको कार्यक्रममा सहकारीका सल्लाहार तथा इटहरी उपमहानगरपालिका प्रसाशन प्रमुख सञ्जिव खडका ,नेकपा एमाले वडा नं २० का संयोजक रविन्द्र खडका लगायतले सुभकामना मन्तब्य राखेका थिए । आमा बचत तथा ऋण सहकारी संस्थामा हाल ६०० भन्दा बढि शेयर सदस्यहरु रहेका छन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments