
प्रदेश–१ कांग्रेस संसदीय दलको नेताका लागि तीन जनाको मनोनयन दर्ता
- पुष १५, २०७९ मा प्रकाशित
इटहरी । नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलको नेताका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि बिहीबार तीन जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।कांग्रेस प्रदेश–१ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र नेता केदार कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनीताकुमारी गुरुङ रहेका छन् ।थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शमशेर राई रहेका छन् ।
दलको नेतामा दाबी गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य पराजुली थापाको समर्थक बसेका हुन् ।अर्याल संविधानसभा सदस्य तथा मोरङ क्षेत्र नम्बर–५ ‘ख’बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । प्रदेश सभापति थापा समानुपातिक सांसद हुन् ।
कार्की मोरङ–६ ‘ख’बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि छन् । अर्याल संस्थापन (सभापति शेरबहादुर देउवा) समूह, थापा कृष्णप्रसाद सिटौला समूह र कार्की संस्थापनइतर (शेखर कोइराला) समूहका नेता हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
-
ताजा जेष्ठ ५, २०८२सकियो ‘सगरमाथा संवाद’ : जलवायु संकट समाधानका लागि २५ बुँदे साझा घोषणापत्र जारी
-
ताजा जेष्ठ ५, २०८२सुदूरपश्चिममा नाउपाका रामेश्वर चौधरी मन्त्री नियुक्त
Comments