
प्रदेश-१ को मुख्यमन्त्रीमा माओवादी केन्द्रको औपचारिक दाबी
- पुष १४, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश–१ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि औपचारिक दाबी गरेको छ । माओवादी केन्द्र प्रदेश–१ ले औपचारिकरूपमा मुख्यमन्त्रीमा दाबी गरेको हो । सो पार्टीको प्रदेश समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
माओवादी केन्द्र प्रदेश–१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाए । ‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्तासाझेदार दलहरूसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ । समितिका अन्य सदस्यमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहेका छन् । प्रदेश–१ प्रदेशसभामा ९३ जना सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सदस्य रहेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments