
संखुवासभामा मानव अधिकार उलङ्घनका घटनामा वृद्धि
- मंसिर २७, २०७९ मा प्रकाशित
संखुवासभा । संखुवासभामा यो वर्ष मानव अधिकार उलङ्घन घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ४६ वटा मानव अधिकार तथा ज्यादतीका घटना भएको पाइएको छ ।
इन्सेक संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । एक वर्षको अवधिमा सबैभन्दा धेरै महिला पीडित भएको घटना सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा घरेलु हिंसा ३०, जवरजस्ती करणी ८ बालिकासहित १२ , बोक्सीको आरोपमा कुटपिट १ महिला,हत्या १ महिला,कुटपिट गैरराज्य पक्ष १,राज्य पक्ष १ जना पीडीत भएको इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले बताए । जबर्जस्ती करणीबाट बालिका बढी पीडित रहेका छन् । पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले मानव अधिकार उलङ्घन घटना रोक्नका लागि सबै पक्ष सजग हुन आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय कानुनको पक्ष राष्ट्रमा हस्ताक्षर गरेको नाताले हामी मानवले स्वतन्त्रता,आधारभूत अधिकार प्राप्त गर्नु हाम्रो नैर्सगिक भएको प्रमुख शाक्यले बताए । कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा समस्या देखिएको खाँदबारी नगरपालिका उपप्रमुख महेश्वरा श्रेष्ठले बताइन् ।
समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले इन्सेकले प्रहरी प्रशासन,स्थानीय तह सँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सुझाव दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
-
ताजा जेष्ठ ५, २०८२सकियो ‘सगरमाथा संवाद’ : जलवायु संकट समाधानका लागि २५ बुँदे साझा घोषणापत्र जारी
-
ताजा जेष्ठ ५, २०८२सुदूरपश्चिममा नाउपाका रामेश्वर चौधरी मन्त्री नियुक्त
Comments