
भाग्यमानी प्रदेश १ : प्रतिनिधीसभा तर्फ समानुपातीकमा १७ सांसद : सबैभन्दा बढी झापाबाट ११ जना,इटहरीबाट कती ?
- मंसिर २५, २०७९ मा प्रकाशित
इटहरी । प्रतिनिधिसभामा समानुपातिक तर्फबाट १७ जना प्रदेश १ का परेका छन् । १७ जना मध्ये सबैभन्दा धेरै झापाका परेका छन । झापाका ७ जना परेका छन् । नेपाली काँग्रेसले सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बोखिम लिम्बू (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी)लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ ।
यस्तै नेकपा एमालेले प्रदेश १ बाट मात्रै ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राजवंशी (झापा) रहेका छन् । एमालेले समानुपातिकमा ३४ जना सांसद सिफारिस गर्दा झापाबाट मात्रै ४ जनाको नाम सिफारिस गरेको हो ।
यता, माओवादी केन्द्रले सिफारिस गरेका १४ जनामध्ये भोजपुरबाट दुर्गा राईलाई मात्रै प्रदेश १ बाट सिफारिस गरेको छ । नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये प्रदेश १ बाट ३ जनाको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ । जसमा इन्दिरा रानामगर (झापा), निशा डाँगी (झापा) र अशोककुमार चौधरी(सुनसरी इटहरी) रहेका छन् ।
यता, ५ जना समानुपातिक सांसद पाएको जसपाले प्रदेश १ बाट उदयपुरकी सुशीला श्रेष्ठको नाम सिफारिस गरेको छ । श्रेष्ठ उक्त पार्टीका नेता अशोक राईकी श्रीमती हुन् । समानुपातिकमा ७ सांसद पाएको र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह प्रदेश भएपनि राप्रपाले प्रदेश १ बाट कोही पनि सिफारिस गरेको छैन । उता, ५ जना सांसद पाएको जनमत पार्टीले मोरङबाट सोनु मुर्मुलाई सिफारिस गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments