
उदयपुरकाे ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटकहरूकाे घुइचाे
- मंसिर २१, २०७९ मा प्रकाशित
उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको संख्यामा बढ्न थालेको ताप्ली–५ का विष्णुबहादुर तामाङले बताए ।
उनकाअनुसार अहिले दैनिक सयौँको संख्यामा पर्यटकहरु पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन् । यो जिल्लाको रौता पोखरीपछिको दोस्रो महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । पछिल्लो समय यस क्षेत्रमा बनभोजका लागि पनि समूहहरु आउन थालेको स्थानीय कृष्ण परियारको भनाइ छ ।
किंवदन्तीअनुसार चारसय सय वर्षअघि पोखरी क्षेत्रमा ठूलो जङ्गल र चौरीहरु थिए । एक दिन एकजना गोठालेले जङ्गलमा पाँच जना बालिकाहरु खेल्दै गरेको तर नजिक जाँदा अलप भएको घटना गाउँलेहरुलाई बताएका थिए । त्यसको भोलिपल्ट उक्त स्थानमा जाँदा पोखरी उत्पत्ति भएको स्थानीय डम्बर परियारको भनाइ छ ।
ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकका अनुुसार ताप्ली पोखरी क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको लम्बाइ तीन सय मिटर र चौडाइ ७० मिटर छ । पोखरी आसपासमा ठूला–ठूला रूख भए पनि पोखरीमा झरेका पात चराहरुले टिपेर सफा गर्ने गरेका छन् ।
ताप्ली पञ्चकन्या देवीको दर्शन गर्दा मनोकामना पुग्ने जनविश्वास छ । अहिले गाउँपालिकाको पहलमा ताप्लीमा मोटरबाटो पुगेपछि कटारी, गाईघाट, सप्तरी, सिरहा, धनुषा र सिन्धुली क्षेत्रबाट समेत दैनिक ठूलो संख्यामा पर्यटकहरु आउने गरेको गाउँपालिकाका पूर्वउपाध्यक्ष कमला राईले बताइन ।
गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि ताप्ली क्षेत्रलाई गुरुयोजना नै बनाएर अघि बढाइएको गाउँपालिकाका अध्यक्ष विकले बताउनुभयो । यस क्षेत्रमा हाल विद्युत् विस्तार र भ्यू टावर निर्माण भइरहेको छ ।
यस क्षेत्रमा प्रत्येक वर्ष कात्तिकदेखि वैशाखसम्म ५० हजारभन्दा धेरै पर्यटकहरुको आगमन हुने हुनाले यस क्षेत्रको पर्यटन विकास र प्रवद्र्धनमा प्रदेश सरकार र संघीय सरकारसँग गुरुयोजनाका लागि बजेट माग गरिएको पूर्वप्रदेश सांसद कला घलेले बताइन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments