
धरानमा एकल महिला उषा राईको हत्यामा संलग्न चार जना पक्राउ
- मंसिर २०, २०७९ मा प्रकाशित
इटहरी । धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलनमार्फत अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न अभियुक्त धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न मुख्य अभियुक्त उर्मिलाले आफ्ना श्रीमान् गोविन्द्र राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपिट गर्दा उषा गम्भिर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो । उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राई लगायतका नाममा किटानी जाहेरी दिएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठ का अनुसार अभियुक्तहरूको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।हत्यामा संलग्न चार जनालाई पक्राउ गरेपछि आफन्तले उषाको शव पोष्टमार्टम पछि दाहसंस्कार गरेका छन् । उषाकी छोरी स्मृति राईले आमाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छिन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments