•  ९ मंसिर २०८१, आईतवार
  •  3:32:16 AM

खोटाङ र सुर्खेतमा गाडी दुर्घटना हुँदा १० जना घाइते

- मंसिर १८, २०७९ मा प्रकाशित



खोटाङ । खोटाङ र सुर्खेतमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका –८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ ।

घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जीप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते

यता खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आइतवार बिहान साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेलका लागि छुटेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालकसहित चार जना घाइते भएका हुन् ।

ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐँसेलुखर्क गाउँपालिकाकी ईन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएका हुन् ।

ब्रेक पाइप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन विकले बताए ।टाउको, कान लगायतका ठाउँमा चोट पटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ । पाँच जना यात्रु रहेको बस सडकमै पल्टिएको हो ।

Comments

सम्बन्धित खवर