•  ९ मंसिर २०८१, आईतवार
  •  3:29:19 AM

विश्वप्रकाशलाई कागती र खुर्सानीको माला पहिराउँदै मतदाताले भने, ‘२५ वर्ष कसैको नजर नलागोस्’

- मंसिर १८, २०७९ मा प्रकाशित



झापा । नेपाली कांग्रेस महामन्त्री तथा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको मालाले सम्मान गरेका छन् ।‘मतदाता सम्मान अभियान’ क्रममा गाउँ घुमिरहेका शर्मालाई मेचीनगर–९ लिलाबस्तीका जनताले फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन् ।

नेपाली समाजमा ‘कसैको नजर नलागोस्’ भनेर कामना गर्नुपर्दा घरमा, कागती र खुर्सानीको माला लगाउने तथा झुण्ड्याउने चलन छ।कागती र खुर्सानीको माला लगाइदिएको लिलाबस्ती शर्मालाई दूध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो । विश्वप्रकाशकी आमा सावित्री शर्माको दूध नआएपछि छिमेकमै सुत्केरी रहेकी श्रेष्ठले डेढ वर्षसम्म उनलाई दूध खुवाएकी थिइन् । लिलाबस्तीवासीले शर्मालाई शतप्रतिशत मत हालेका थिए ।

Comments

सम्बन्धित खवर