
झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी
- मंसिर १३, २०७९ मा प्रकाशित
झापा । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् पाँच दशमलव ४५ प्रतिशत मत बदर भएको छ । यसमा प्रदेशको भन्दा प्रतिनिधिसभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो ।
उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा खसेको ६७ दशमलव ८१ मतमध्ये पाँच दशमलव ९१ प्रतिशत, क्षेत्र–२ मा खसेको छ दशमलव ६५ मतमध्ये छ दशमलव ९९ प्रतिशत, क्षेत्र नं ६७ दशमलव ५२ मतमध्ये चार दशमलव ६४ मत बदर भएको छ ।
यसैगरी क्षेत्र नं ४ मा खसेको ६४ दशमलव ५६ मतमध्ये छ दशमलव २१ प्रतिशत, क्षेत्र नं ५ मा ६४ दशमलव १६ प्रतिशत मत खसेकामा पाँच दशमलव ४५ प्रतिशत गरी प्रतिनिधिसभामा कूल मत बदर प्रतिशत पाँच दशमलव ८१ प्रतिशत रहेको प्रमुख निरौलाको भनाइ छ ।
प्रदेशसभातर्फ क्षेत्र नं १ (१)मा खसेको ६७ दशमलव ८० मतमध्ये पाँच दशमलव ७२ प्रतिशत, (२) मा खसेको ६७ दशमलव ८२ मतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं २ को (१) मा ६५ दशमलव नौ प्रतिशत खसेको मतमा नौ दशमलव ४६ प्रतिशत, (२) मा खसेको ६५ दशमलव २३ मतमध्ये छ दशमलव ६९ मत बदर भएको छ । क्षेत्र नं ३ को (१) खसेको ६७ दशमलव ३६ प्रतिशत मतमध्ये चार दशमलव ३४ मत, (२)मा खसेको ६८ दशमलव ६४ मतमध्ये चार दशमलव ३९ प्रतिशत मत बदर भएको कार्यालयको जनाएको छ ।
यसैगरी क्षेत्र नं ४ को (१) का ६२ दशमलव ५१ प्रतिशत मतमध्ये पाँच दशमलव आठ प्रतिशत (२) मा खसेको ६६ दशमलव सात प्रतिशतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं ५ को (१) मा खसेको ६४ दशमलव सात प्रतिशतमध्ये ४ दशमलव ८४ मत र (२) मा खसेको ६३ दशमलव ९७ प्रतिशत मतमध्ये चार दशमलव १२ मत बदर भएको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments