माेरङ ३ : कांग्रेसका सुनिल शर्मा बिजयी हुदा एमालेका भानुभक्त गायब , सामाजिक सञ्जालमा ट्राेल बनिन रेखा
- मंसिर ९, २०७९ मा प्रकाशित
इटहरी । मोरङ क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुनिल शर्मा इतिहास रच्दै बिजयी हाशिल गरेका छन । उनले सो क्षेत्रबाट अपेक्षषा गरेभन्दा दुइ गुणा मत पाएर प्रतिनिधीसभा सदस्यमा फराकिलो जित निकालेका हुन । शर्माले ४६ हजार ९३५ मत पाएका छन भने एमालेका भानुभक्त ढकालले २५ हजार ७३ मत पाएका छन ।
त्यस्तै हिन्दु राष्ट्रको वकालत गर्दै जित निकाल्ने दाबी सहित चुनावमा होमिएकी निर्माता तथा नायिका रेखा थापाले १० हजार २८९ मत प्राप्त गर्दै दुवैजनालाइ पछ्याइरहेकि छिन । १ लाख ४९ हजार मतदाता रहेको मोरङ ३ मा निर्वाचनको दिन ९७ हजार ५ सय ९ मत खसेको थियो ।
मत गणनाको सुरूवाति चरणदेखिनै अग्रता कायम राखेका कांग्रेसका सुनिल शर्मा प्रतिद्वन्दी एमालेका ढकाल भन्दा दुइगुणा मतले अघाडी रहेका छन । निर्वाचन आयोगले शर्मालाइ बिजयी भएको घोषणा भने गरेका छैनन तर थोरै मत गन्न बाकि रहदा शर्माका समर्कथहरू मत गणनास्थलबाहिर बिजयी र्याली निकाल्ने तयारीमा जुटेका छन ।
यता प्रतिद्वन्दी सुनिल शर्माले मतान्तर फराकिलो बनाएपछि एमालेका ढकाल हार स्विकार गर्दै जिल्ला छाडेर केन्द्र हानिएका छन । उता जसरी नि जित्छु भनेर चुनावमा होमिएकी नायिका रेखा थापा तेश्रो स्थानमा परेपछि उनलाइ सामाजिक सञ्जालमा ट्रोल बनाउन थालिएको छ । नायिका दिदि अब फिल्म नै खेल राजनीति फापेन जस्ता ब्यंग्यहरू सामाजिक सञ्जालमा छरपस्ट हुन थालेका छन ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments