हिमाली जिल्ला सोलुखुम्बुमा मतगणना सुरु
- मंसिर ७, २०७९ मा प्रकाशित
सोलुखुम्बु । सोलुखुम्बु निर्वाचन सम्पन्न भएको तीन दिनपछि मतगणना सुरू भएको छ ।सोलुखुम्बुको सबैभन्दा विकट मानिएको लिखुपिके गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना सुरू हुन सकेको थिएन ।
सबै क्षेत्रको मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याईएपछि ८ वटा स्थानबाट मतगणना गर्न राजनीतिक दलहरुले प्रस्ताव गरेपछि गणनास्थल निमार्णमा समय लागेको थियो । सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो । तर, कर्मचारी लगायत अन्य व्यवस्थापन गर्दा ढिलागरी मतगणना सुरू भएको हो ।
खुम्बु क्षेत्रका मत्रपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइएको थियो । सोलुखुम्बुमा प्रतिनिधिसमा नेपाली काँग्रेसका बलबहादुर केशी र नेकपा एमालेका मानबहादुर राईबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments