
सुनसरी र माेरङमा मतगणना सुरू गर्ने तयारी
- मंसिर ५, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी र माेरङ जिल्लामा केहि क्षेत्रका मतगणना सुरु गर्ने तयारी भएको छ । माेरङकाे ३ वटा क्षेत्र र सुनसरीकाे केहि क्षेत्रमा मतगणना सुरू गर्ने तयारी भइरहेकाे हाे । सुनसरीकाे क्षेत्र नं २ काे सर्दलीय बैठक अावहान गरिएकाे छ बैठक केहि क्षणमै सुरू हुने तयारी भइरहेकाे छ ।
माेरङकाे भने तिन वटा क्षेत्रकाे मतगणना सुरू हुने तयारी भइरहेकाे मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए । सोमबार बिहान सर्वदलिय बैठक पछि तीन वटा क्षेत्रको मतगणना सुरु गर्ने तयारी भएको हो । मोरङ क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माविमा हुँदैछ ।
बैठकपछि गणना सुरु गर्ने उनले बताए । क्षेत्र नं १ को उर्लाबारी नगरपालिका कार्यालय, २ को रतुवामाईको विश्वनाथ मन्दिर र क्षेत्र नम्बर ३ को भगवती मावि, बेलबारीमा मतगणनाको तयारी भईरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए।
आइतबार भएको निर्वाचनमा मोरङमा ६६ दशमलव २२ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए। यता सुनसरी क्षेत्र नं ३ मा पनि मतगणनाकाे तयारी चुस्त गतिमा भइरहेकाे साे क्षेत्रका मतदान अधिकृत उमाकान्त पाैडेलले बताए । हाल साे क्षेत्रमा सर्वदलीय बैठककाे तयारी भइरहेकाे पनि उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments