
विराटनगरकाे पुष्पमार्गमा बम जस्तै शंकास्पद वस्तु भेटियो
- मंसिर ३, २०७९ मा प्रकाशित
बिराटनगर । शनिबार बिहान विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ । सडकको छेउमा बिहान ६ः२५ बजे शंकास्पद भेटिएको हो । शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको छ ।
शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेको श्रेष्ठले बताए । उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ ।
सेनाको टोली घटनास्थल आइपुगेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने प्रहरीले जनाएको छ । आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments