बैँँकले चर्को ब्याज लिएको भन्दै बेलवारीका व्यवसायीहरू आन्दोलित
- मंसिर २, २०७९ मा प्रकाशित
इटहरी । बैँकहरुले चर्को ब्याजदर निर्धारण गरेर ढाड सेकेको भन्दै बेलवारीका ब्यवसायीहरु आन्दोलित भएका छन् । बिहिवार दिउँसो उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नितिका विरुद्ध उद्योगी , ब्यवसायी र सर्वसाधारण सहितले बृहत बिरोध जुलुस समेत निकालेर विरोध गरेका हुन् ।
जुलुस बेलबारी ३ पुरानो मालपोतबाट शुरु भै दुर्गा मन्दिर हुँदै राष्ट्रिय बाणिज्य बैँक अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । बेलबारी उद्योग बाणिज्य संघ र उत्तरी मोरङ होटल व्यवसायी संघको आयोजनामा भएको कार्यक्रममा ब्यवसायीहरु प्ले कार्डसहित नारावाजी गर्दै विरोधमा उत्रिएका थिए ।
बैक ब्याज साह्रो भयो,कारोबार गर्न गाह्रो भयो,ब्यापार गर्ने स्वच्छ बाताबरण बनाई दे,चर्को ब्याजदर बन्द गर,बैँक ब्याज एक अंकमा झारी दे,ओडी र डिमाण्ड लोन साविक बमोजिम नवीकरण गर, लगायतका नारा लेखिएका प्ले कार्ड सहित ब्यवसायीहरुले प्रर्दशन गरेका थिए ।
ब्यापार ब्यवसाय चौपट भएको समयमा बैँकहरुले ब्याज बृद्धि गर्दा ब्यवसायीहरु थला परेको र उठनै नसक्ने गरि बोझ थपिएको बेलबारीका पर्यटन ब्यवसायी बिजय सुवेदीले गुनासो गरे । उनले बैँकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन र ब्यवसायीहरुलाई सहज किसिमले ब्यवसाय गर्ने बातावरण मिलाउन समेत उनले आग्रह गरे ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१बराहक्षेत्रकाे सप्तकाेशी किनारमा महिला र पुरूषकाे शव भेटियाे
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
Comments