
कानेपोखरीका चन्द्र बस्नेत इराकमा अलपत्र : उद्धार गरिदिन परिवारकाे याचना
- कार्तिक २८, २०७९ मा प्रकाशित
इटहरी । मोरङ्गको कानेपोखरी गाउँपालिकाका एक युवक चन्द्र बस्नेतले आफु हाल इराकको कुर्तिस्तान अर्बिल शहरमा विमारी परेर अलपत्र परेको बताएका छन्।
हालै उनले आफु वैदेशिक रोजगारीको सिलसिलामा इराक आएको र केही दिन देखि बिमारी भई अचेत अवस्थामा रहेको जनाएका हुन्। उनले पत्रमार्फत यो खबर आफ्नो परिवारसम्म पुर्याइदिन पनि सबैसित अनुरोध गरेका छन्।
उपचार खर्च नभएका कारण उपचार गर्न नसकेपछि एक याचना पत्र प्रकाशित गर्दै उनले अगाडि थपेका छन् – ‘मेरो घर मोरङ जिल्ला हाल वैदेशिक रोजगारीको सिलसिलामा इराक कुर्दिस्तान अर्बिल शहरमा छु ।
म केही दिन देखि बिरामी भइ अचेत अवस्थामा छु । मेरो काम यहाँको अकम पनि छैन, आर्थिक अवस्था नाजुक र खान बस्ने ठाँउ पनि छैन, उपचार खर्च नभएकोले म चन्द्र बस्नेत तपाईहरुको सामु आर्थिक सहयोगको लागि हार्दिक अपील गर्दछु ।’
साथै , उनले अगाडि थपे-‘मलाई नेपाल सम्म उद्दार गरिदिनु हुन यहाँ रहेको स्थापित विभिन्न संघ संस्था, बुद्धिजीवी, समाजसेवी, तपाई सम्पुर्ण नेपाली दाजुभाइ दिदि – बहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद !’
उनले आफ्नो इराक स्थित सम्पर्क गर्नका लागि फोन नम्बर +9647502557451 पनि पठाएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments